Dhaeahara fallling down live video .
https://www.youtube.com/watch?v=jvAnVhgJRQI
सदरमुकाम चरिकोटका २ निजी बिद्यालयमा पढ्ने ९
सयभन्दा बढी बालबालिकालाई बिद्यालयमा समयमा क्रिस्चियन धर्म प्रचार गरी
पुस्तक, रुमाललगायतका उपहार बाँडेर उनिहरुलाई धर्म परिवर्तन गर्न बाध्य
पार्न खोजेको आरोपमा प्रहरीले प्रधानाध्यापकसहित एक धार्मिक संस्थाका ७
जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्ने प्रधानाध्यापकमा माउण्ट
भ्याली एकेडेमीका प्रकाश प्रधान र मोर्डन नेपाल स्कुलका बिमल शाही छन्।
दुवैले बिद्यालयको पठनपाठन बन्द गराएर बिद्यालयका बालबालिकालाई क्रिस्चियन
धर्म प्रचारका गतिविधि गरेको प्रहरीले बताएको छ। माउण्ट भ्यालीले अभिभावक
दिवस मनाउने र मोर्डन नेपालले संस्कृतिक कार्यक्रम गर्ने बहानामा पठनपाठन
रोकेर २ दिनसम्म क्रिस्चियन धर्मसम्बन्धी चलचित्र, डकुमेन्ट्री, सांस्कृतिक
कार्यक्रम देखाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुवै बिद्यालयका
बालबालिकालाई धर्मसम्बन्धी पुस्तक तथा उपहारसमेत बाँडेर पुस्तक बाबु आमालाई
पढाउनु भनी वितरण गरेको प्रहरी दाबी छ।
दुवै बिद्यालयमा धर्म
प्रचारका लागि पठनपाठन रोकेको भन्दै अभिभावकले प्रहरीलाई खबर गरेपछि जिल्ला
प्रहरीको टोलीले उनीहरुलाई बिहीबार पक्राउ गरेको हो। प्रधानाध्यापकद्वयका
साथमा उक्त बिद्यालयहरुमा धर्म प्रचार गर्न आएको संस्था टिच नेपालका
कर्मचारीहरु काठकाडौं महानगरपालिका १८ की बनिता डङ्गोल, मकवानपुर राईगाउँ ३
का बालकृष्ण राई, गोरखा मिरकोट ५ का फिलिप तामाङ, दोलखा मिर्गे ४ का किरण
दाहाल, रामेछाप गुन्सी भदौरे ३ का भीमबहादुर तिवारीसमेत पक्राउ परेका छन्।
- See more at: http://www.nagariknews.com/main-story/story/77253.html#sthash.5MYsK0g9.dpuf