Friday, December 23, 2016

यौनबारेका १० तथ्य: जसले तपाईंको दिमाग तरंगित पार्दछन्

Sudur Khabar
Onlinekhabarयौनको विषय विश्वमा सबैभन्दा धेरै चासो दिइने विषय हो । यद्यपि यसबारेमा सार्वजनिक चर्चा कम किन नहोस् । सेक्सका विषयमा दुनियाँमा विभिन्न खाले अध्ययन/अनुसन्धान भएका छन्, जसबाट अनेकथरी रोचक तथ्य बाहिर आएका छन् । जसमध्ये १० रोचक तथ्य यस्ता छन्:
१. ५६ प्रतिशत मानिसले कार्यस्थलमै सहवास गर्ने गरेका छन् ।
२. एक चर्चित पुरुष म्यागेजिनले गरेको अध्ययन अनुसार सहवासका बेला पुरुषले भन्दा महिलाले धेरै अश्लील कुरा गर्दछन् ।
३. न्ााक बन्द भएर हैरान हुनुभएको छ ? सेक्स गर्नुस् । सेक्स प्राकृतिक एन्टीहिस्स्टामाइन हो, जसले बन्द नाक खुलाइदिन्छ ।
४. औसतमा पुरुषहरु अढाइ मिनेटमा चरमोत्कर्षमा पुग्छन् भने महिलाका लागि १२ मिनेट लाग्छ ।
५. केवल १७ प्रतिशत महिलाले मात्र यौन सम्पर्कमा चरम आनन्द प्राप्त गर्दछन् ।
६. सक्रिय यौनजीवन भएका पुरुषहरुको आयु बढी हुन्छ र ८० वर्षभन्दा माथि बाँच्दछन् ।
७. म्हिलाले चरम आनन्द प्राप्त गर्दा इन्डोफिर्न नामक हर्मोन उत्सर्जन हुन्छ, जसले टाउको दुखाई निको हुन्छ ।
८. दुनियाँमा हरेक दिन १ करोडपटक सेक्स गरिन्छ । यो संख्या एक दिनमा हुने टि्वटको संख्या बराबर हो ।
९. पुरुषको चरमोत्कर्ष केही सेकेण्ड मात्र रहन्छ, जबकि सुँगुरमा ३० मिनेटसम्म चरमोत्कर्ष कायम रहन्छ ।
१०. ८० वर्षभन्दा माथिका ३० प्रतिशत महिलाले आफ्नो लोग्ने वा केटा साथीसँग सक्रिय यौनसम्पर्क कायम गरेका हुन्छन् । एजेन्सी
२०७३ पुष ७ गते ११:१३ मा प्रकाशित

गुल्मीमा ८१ बर्षिया बुढो पातकि बनेपछि गाउँ निकाला

Sudur Khabar
Onlinekhabarगुल्मीको अर्बेनी गाविस ५ का ८१ वर्षीय वृद्ध लालबहादुर सुनारले सोही गाउँकी ४२ वर्षीया सावित्री न्यौपानेसँग प्रेम सम्बन्ध राखेको भन्दै स्थानीयले उनीहरुलाई कुटपिट गरी गाउँ निकाला गरेका छन्।
पुस १ गते राति लालबहादुरसँगै सावित्रालाई भेटेपछि स्थानीयले उनीहरुलाई बाँधेर कुटपिट गरी घर भत्काएर गाउँनिकाला गरेका हुन्।
अर्बेनी गाविस कार्यालयका सहायक ४५ वर्षीय झबिलाल न्यौपाने र सावित्राका भतिजा ४३ वर्षीय चिन्तामणि न्यौपानेले उनीहरु दुबैजनालाई गाउँ निकाला गरेको वृद्धका छोरा ३७ वर्षीय अनुज सुनारले बताए।
गाउँ निकालाको कागजमा दुवैजनालाई जबरजस्ती ल्याप्चे लगाई गाउँ निकाला गरियो,’ उनले भने।
कुटाई खाएको पाँचौं दिनसम्म पनि वृद्ध हिँड्न सकेका थिएनन्। उनको खुट्टामा लाठी हानेको नील डाम छन्। उनीहरू दुबैलाई बाँधेर कुटपिट गरी गाउँ डुलाएर गाविसमा लगि गाउँ निकालको कागत बनाएको घटनामा संलग्न चिन्तामणिले स्वीकारे।

आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

कलेजो प्रत्यारोपण नेपालमै, १५ लाख रुपैयाँ भए पुग्ने

Sudur Khabar
Ekantipurपुस ८, २०७३- बोलाछें, १२ भक्तपुरका ३६ वर्षीय बलराम नागाको ५ तले घर २०७२ वैशाख १२ को भूकम्पले भत्कायो । घरमा उनका ३ दाजुभाइ संयुक्त बस्दै आएका थिए । भत्किएको घरमा पुरिएर बजार गएकी दिदीको मृत्यु भयो । त्यसपछि विरक्तिएका बलरामले नियमित मदिरा पिउन थाले ।
त्यही मदिराकै कारण कलेजो खराब भएको उनी बताउँछन् । गत जेठमा एक्कासि खाना खान मन नलाग्ने, पेट सुन्निने समस्या आएपछि उनले स्वास्थ्य जाँच गराए । स्वास्थ्य जाँचका क्रममा बलरामको कलेजो ८० प्रतिशत बिग्रिसकेको चिकित्सकले बताएपछि उनी आत्तिए । ‘कलेजोको २० प्रतिशत भागले मात्र काम गरेको छ, तत्काल प्रत्यारोपण नगरे ज्यान जान सक्ने चिकित्सकको भनाइ थियो,’ उनले भने, ‘तर, नेपालमा उपचारै छैन भन्नुभयो । विदेशमा ८० लाखदेखि १ करोड रुपैयाँ खर्च लाग्ने भनेपछि अर्को विपत्ति आइलागेजस्तै भयो । घरमा रुवाबासी भयो ।’
उनी परिवार र आफन्तको सल्लाहमै एकपटक भारतको आईएलबीएस अस्पताल पुगे । अस्पताल पुगेकै दिन भर्ना लियो । एक साताको बसाइपछि अस्पतालले डिस्चार्ज गर्‍यो । आईएलबीएसका चिकित्सकले कलेजो प्रत्यारोपणका लागि डोनर खोजेर ल्याउन सल्लाहसहित घर पठायो ।
कलेजो प्रत्यारोपणका लागि दान दिन ३ जना दिदी तयार भए । तर, प्रत्यारोपणका लागि लाग्ने खर्चले भने आत्तिएको उनी बताउँछन् । ‘स्वास्थ्य परीक्षणमा पनि तीनै दिदीको कलेजो मेल खायो,’ उनले भने, ‘बाँकी रहयो, प्रत्यारोपण खर्चकै । १ रोपनी १४ आना जग्गा बेच्ने तरखरमा पुगे पनि जग्गा बिक्री भएन, केही नलागेर सूर्यविनायककै एक सहकारीबाट ५० लाख ऋण लिएर अस्पताल गएँ,’ उनले भने ।
भारतमा कलेजो प्रत्यारोण गर्ने अभिलाषा बोकेर त पुगियो, तर, भारतीय दूतावासको सिफारिसपत्रबिना प्रत्यारोपण नहुने भयो । ‘नेपालमा उपचार सम्भव नभएर त्यहाँ उपचार गरे फरक पर्दैन भन्ने पत्र चाहिने रहेछ,’ उनले भने । ऋण लिएर कलेजो प्रत्यारोपणको तयारी गरी सिफारिसपत्र मिलाउन नेपाल आएकै बेला गत भदौ १६ गते बुबाको मुख हेर्ने दिन हृदयाघात भई बाबुको मृत्यु भएको उनी बताउँछन् ।
बाबुको मृत्युपछि थप बलराम कलेजो प्रत्यारोपण नगर्ने निर्णयमा पुगे । तर, उनका साथी अर्थात्, मानव अंग प्रत्यारोपण केन्द्रमा कार्यरत डा. गौरव पन्तले भने प्रत्यारोपणमै जोड दिए । डा. पन्तकै सहयोगमा पेट र कलेजो विशेषज्ञ डा. दीपेश गुरुवाचार्यसँग भेट भयो ।
भारतको आईएलबीएस अस्पतालमा परीक्षण गरेको सम्पूर्ण रिपोर्ट मानव अंग प्रत्यारोपण केन्द्रमा देखाएपछि नेपालमा कलेजो प्रत्यारोपण सुरु भएको छैन तर, प्रत्यारोपण गरी नयाँ जीवन जीउने कुरामा पछि नहट्न केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले सल्लाह दिए ।
यत्तिनैखेर स्वास्थ्य मन्त्रालयले ल्याएको मानव अंग प्रत्यारोपण नियमावली २०७३ ले कलेजो प्रत्यारोपणसँगै मस्तिष्क मृत्यु भएकाहरूको ८ अंग लिई प्रत्यारोपण गर्न सकिने व्यवस्था गरेपछि केन्द्रले बलरामको कलेजो प्रत्यारोपण गर्ने निष्कर्षमा पुगे हो । गत मंसिर २२ गते मुलुकमै पहिलोपटक दक्षिण कोरियाको सियोलस्थित सामसुङ मेडिकल सेन्टरबाट आएका विश्व प्रसिद्ध विशेषज्ञहरूको टोलीको सहभागितामा बलरामको कलेजो प्रत्यारोपण भयो । ‘मैले जीवनबाट हार मानिसकेको थिएँ,’ उनले भने, ‘कलेजो प्रत्यारोपण हुन्छ र बाँच्छु भन्ने सोचेको पनि थिइनँ । भाग्यले पुनर्जन्म पाएँ ।’
प्रत्यारोपणपछि आईसीयू कक्षबाट आइतबार उनलाई क्याबिनमा सारिएको छ । अबको २/३ दिनभित्र डिस्चार्ज हुने केन्द्रले जनाएको छ । बलरामलाई उनकै ४१ वर्षीया कान्छी दिदी सानुमाया लागेजूले कलेजो दान गरेकी हुन् । बाह्र दाजुभाइ/दिदीबहिनीमध्येको कान्छो भाइ बचाउन कलेजो दान गरेको उनी बताउँछिन् । भाइलाई कलेजो दान गरेकी सानुमायाको भने गत साता नै डिस्चार्ज भएको केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताए । मुलुकमै पहिलोपटक कलेजो प्रत्यारोपण भएको हुँदा बलरामको सम्पूर्ण खर्च अस्पतालले व्यहोरेको छ । प्रत्यारोपणमा करिब १५ लाख खर्च भएको डा. श्रेष्ठले बताए ।
बलरामको ५० प्रतिशत खराब कलेजो फालेर सानुमायाको ५० प्रतिशत भाग प्रत्यारोपण गरेको श्रेष्ठ बताउँछन् । ‘प्रत्यारोपण गरेको कलेजो ३ वर्षभित्र पूर्ण भइसक्छ,’ कार्यकारी निर्देशक डा. श्रेष्ठले भने, ‘कुनै पनि अंग प्रत्यारोपण भएका व्यक्तिले साधारण जीवन जीउन सक्छन् ।’
कलेजो प्रत्यारोपणपछिको जीवन कलेजो बचाउने अभियानमा खर्चिने बलरामले अठोट लिएका छन् । ‘रक्सीले स्वास्थ्यमा पार्ने नकारात्मक असरबारे प्रचारप्रसारमा लाग्छु,’ उनले भने 




स्थानीय तहको संख्या टुंगो लाग्यो, अब पोखरा पनि महानगर

Sudur Khabar,
Onlinekhabar८ पुस, काठमाडौं । स्थानीय तहको संख्या र सिमाना निर्धारणसम्वन्धी आयोगले झापा जिल्ला बाहेक कुल ७ सय २५ वटा स्थानीय तह गठन गर्ने गरी प्रतिवेदन तयार गरेको छ ।
झापाबाहेक ७ सय २५ स्थानीय तह गठन निश्चित भइसकेको छ । अब झापालाई दिएको अधिकतम संख्यामा सहमति भएमा देशभर कुल ७ सय ४१ स्थानीय तह गठन हुने लगभग निश्चित भएको छ ।
आयोगले सुरुमा ५६५ स्थानीय तह प्रस्ताव गरेको थियो । तर, कांग्रेस लगायतका दलहरुले संख्या बढाउनुपर्ने माग गरेपछि सरकारले स्थानीय तह पुनर्संरचनाको मापदण्ड परिमार्जन गर्‍यो ।
र, त्यस अनुसार आयोगले ७४२ स्थानीय तहको संख्या प्रस्ताव गर्दै पुनर्संरचनाको काम थालेको थियो ।
झापाको विवाद आइतबार टुंगिने
झापा जिल्लाको स्थानीय तह संख्यामा भने सहमति नहुँदा प्रतिवेदनमा समेट्न बाँकी छ । आयोगले झापा जिल्लाका लागि १० देखि १६ वटासम्म स्थानीय तह गठन गर्न सक्ने सिलिङ्ग दिए पनि झापाबाट १८ वटा स्थानीय तह माग भएपछि निर्णय हुन सकेको छैन ।
झापाको विवाद आइतबारसम्म टुंगो लाग्ने आयोग स्रोतको दाबी छ । आयोगका अध्यक्ष बालानन्द पौडेलले आयोगका सदस्यहरुलाई प्रतिवेदनबारे कुनै प्रक्रिया नदिन निर्देशन दिएका कारण आयोगका एक सदस्यले आफ्ना उल्लेख नगर्ने सर्तमा यस्तो जानकारी दिएका हुन् ।
यस्तै सुरुदेखि नै बढी विवादित दुई नम्बर प्रदेशभित्र पनि स्थानीय तहको संख्या र सिमाना निर्धारण भइसकेको छ । आयोगले सदस्य नीरज शाहले सरकारले समय दिने वित्तिकै प्रतिवेदन बुझाउन तयार भएको प्रतिक्रिया दिएका छन् ।
देशभर दुई महानगरपालिका
आयोगको सिफारिस अनुसार अब देशभर दुई वटामात्र महानगरपालिका हुने भएको छ । पोखरा उप-महानगरपालिकामा लेखनाथ नगरपालिकालाई मिसाएर नयाँ महानगरपालिका घोषणा गर्न प्रस्ताव गरेको छ । यस्तै काठमाडौ महानगरपालिकालाई यथावत राखिएको छ ।
यस्तै मोरङ्ग जिल्लाको विराटनगर उप-महानगरपालिकालाई महानगरपालिकामा विस्तार गर्ने प्रस्ताव आयोगले अस्वीकार गरिदिएको छ । त्यस्तै हेटौंडा पनि महानगरपालिका नबन्ने भएको छ ।
काठमाडौमा ९, ललितपुरमा ६ र भक्तपुरमा ४ स्थानीय तह
आयोगले अन्तिम रुप दिइसकेको प्रतिवेदनले काठमाडौ जिल्लामा एक महानगरपालिका र ८ वटा नगरपालिकासहित ९ वटा स्थानीय तह गठनको सिफारिस गरेको छ ।
यस्तै ललितपुरमा एक उपमहानगरपालिका सहित ६ स्थानीय तह गठनको सिफारिस छ । भक्तपुरमा पनि एक उपमहानगरपालिका र ३ नगरपालिका गठन गर्ने आयोगको सिफारिस छ ।

लिबियाली विमान अपहरणः सबै यात्रु रिहा, अपहरणकारीले आत्मसमर्पण गरे

Sudur Khabar,
Onlinekhabar८ पुस, काठमाडौं । अपहरणमा परेको लिबियन एक विमानका सबै सबै यात्रु शकुशल रिहा भएका छन् । दुई अपहरणकारीले भने माल्टा प्रहरीसामू आत्मसमर्पण गरेका छन् ।
चालक दलका सदस्यसहित ११८ जना सवार अफ्रिकिया एयरलाइन्सको विमान अपहरणमा परेको थियो । एयर बस ए ३२० ले लिबिया हवाई क्षेत्रमा रहेको बेला आफ्नो रुट परिर्वतन गरेको थियो । र, अपहरणको आशंका गरिएको विमान माल्टा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरियो ।
तर, अवतरण लगतै सुरक्षाफौजले विमानलाई घेरा हाले । माल्टा सरकारले अपहरणकारीसँग वार्ता थाल्यो । त्यसक्रममा अपहरणकारीले यात्रुहरुलाई क्रमशः रिहा गरे ।
सुरुमा महिला र बालबालिकासहित २५ जना रिहा भए । दोस्रो चरणमा ४० जनालाई छाडिएको थियो । र, सबै यात्रुसहित चालक दलका केही सदस्य रिहा भए ।
अपहरणकारीले लिबियाका पूर्व शासक गद्धाफीको जस्तो देखिने हरियो झण्डा देखाएका थिए । तर, उनीहरुले माल्टा सरकारसँग के माग राखे र के सहमतिमा यात्रुहरुलाई छाडियो खुलेन ।
तर, केही चालक दलका सदस्य र हातमा ग्रिनेड बोकेका अपहरणकारी निकै बेर विमानमै रहे । तर, अन्ततः चालक दलका सदस्यसँगै अपहरणकारी विमानबाट उत्रिए ।
अपहरणकारीले आत्मसमर्पण गरेको र उनीहरुलाई हिरासतमा लिइएको माल्टाका प्रधानमन्त्री जोसेफ मस्कटलले बताएका छन् । अब उनीहरुलाई राजधानी लगिँदैछ ।

Tuesday, September 6, 2016

When will hseb managemet result be published 2073

Hseb management result has been published.
Check your result with marksheet .Here.
or 
go to 
official page of hseb or Nepal Telecom
hseb.ntc.net.np
hseb.edu.np

Thankyou.

Saturday, September 3, 2016

HSEB Result 2073 Managaement has been Published Today.

Hseb Result Will be published soon.
when result will be published u can check your result throudh this ways:
hseb.ntc.net.np
hseb.edu.np


Tuesday, June 14, 2016

संविधान संशोधन गर्नुपर्ने निष्कर्षसहित नयाँ शक्तिको भेला सम्पन्न

Sudur Khabar
Baburam Bhattarai
३२ जेठ, काठमाडौं । आन्दोलनरत दलहरुका माग सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्ने निष्कर्ष निकाल्दै नयाँ शक्ति नेपालको राष्ट्रिय भेला सम्पन्न भएको छ ।
भेलाले आन्दोलनरत पक्षका माग सम्बोधनका लागि संविधान संशोधन गरिनुपर्ने, भ्रष्टाचार र जनताले भोग्नुपरेका कालोबजारीका समस्याप्रति सरकार गम्भिर हुनुपर्ने लगायतका विभिन्न्ा ८ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ ।
भेलाको समापनका क्रममा पार्टीका संयोजक डा. बाबुराम भट्टराईले पार्टीको दुष्मन कोही नरहेको भन्दै जतिसक्दो धेरैलाई समेट्ने कार्यशैली अपनाएर संगठन विस्तार गर्न सदस्यहरुलाई निर्देशन दिए ।
उनले साधारण सदस्यहरुको ठूलो संख्याले सामूहिक रुपमा सपथ खाएर सानदार ढंगले पार्टीको सुरुवात भएको भन्दै पार्टीले अब समुद्रको गहिराइमा पुगेर मोती निकाल्ने गरी काम गर्ने बताए ।
उनले भारत र चीन जस्ता ठूला बजार नजिकै रहेको तथा प्राकृतिक र जैविक रुपमा नेपाल निकै धनी रहेको भन्दै सकारात्मक सोच लिएर काम गर्दा मुलुकमा आर्थिक समृद्धि हासिल गर्न सम्भव रहेको बताए । आलोचना गर्नेहरुलाई जवाफ फर्काएर भन्दा रुखले झैं फल दिने गरी काम गरेर मुलुकलाई समृद्ध बनाइ छाड्ने अठोट उनले गरे ।
भेलामा १ करोड ४ लाख खर्च
नयाँ शक्तिले भेला समापनका क्रममा पार्टीको आम्दानी र खर्चको विवरण पनि सार्वजनिक गरेको छ । लेखा शाखाकी सविना अर्यालले आम्दानीतर्फ सदस्यताबाट १७ लाख ५ हजार, चन्दाबाट २५ लाख, प्रवेश शुल्कबाट ७ लाख ५० हजार तथा सचिवालयका सदस्य र अन्तरिम परिषद् सदस्यबाट ८ लाख ६० हजार रुपैयाँ संकलन भएको जानकारी गराइन् ।
सदस्यता शुल्कवापत १ करोड ३ लाख २२ हजार रुपैयाँ संकलन हुन बाँकी छ । सार्वजनिक गरिएको विवरण अनुसार भेलाका क्रममा १ करोड ४ लाख रुपैयाँ खर्च भएको छ । प्रचार प्रसार, मञ्च निर्माण, खाना खर्च लगायतका शिर्षकमा भएको खर्चमध्ये ५० लाख रुपैयाँ मात्र तिरिएको नयाँ शक्ति नेपालले जनाएको छ ।
भेलाले केन्द्रीय समिति बनाउन नसकेपनि समापनका क्रममा संगठन विभाग प्रमुख देवेन्द्र पौडेल लगायतका नेता तथा कार्यकर्ताहरुले नाचगान गरेर खुशी बाँडेका थिए ।

Saturday, June 11, 2016

खप्तड प्रकृतिको सुन्दर बगैँचा

Sudur Khabar
२९ जेठ, काठमाडौं । प्राकृतिक सौन्दर्यताको खानी हो, खप्तड राष्ट्रिय निकुञ्ज । खप्तडलाई सौन्दर्यको पर्याय नै मानिन्छ । त्यसैले खप्तडलाई धर्तीको स्वर्गको उपमा दिइएको छ ।
बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलका रुपमा रहेको खप्तडमा २२ वटा घाँसे मैदान अर्थात पाटन रहेका छन् । सुन्दर घाँसे मैदानमा पुग्नेवित्तिकै यात्रीको थकान मेटिन्छ । यसको वरिपरि ५३ वटा थुम्काहरु छन्, जसलाई स्थानीय भाषामा झोती भनिन्छ ।
khaptad-1घाँसै मैदान, खप्तड दह, नाग ढुंगा, केदार ढुंगा, खप्तड बाबा आश्रम, शिव मन्दिर यहाँको आकर्षण हुन् । यो ५० वर्ष पहिले खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ हो । खप्तड प्रकृति प्रेमीलाई मात्र नभई, धार्मिक पर्यटकलाई समेत उपयुक्त गन्तव्य हो ।
khaptad-3सुदूरपश्चिमको सबैभन्दा प्रशिद्ध गन्तव्य स्थल खप्तड घुम्नका लागि जेठ, असारदेखि मंसिरसम्मको समय उपयुक्त मानिन्छ । चैत बैशाखमा खप्तड गएमा रंगीविरंगी लालीगुराँस फुलेको देख्न पाइन्छ ।
गंगा दशहरा मेला
खप्तडको सबैभन्दा आकर्षक पक्ष हो, गंगा दशहरा मेला । प्रत्येक वर्षको जेठ महिनामा यहाँ भव्य मेला लाग्ने गर्छ । सुदूरपश्चिमका ९ वटै जिल्लासहित देशभरबाट यहाँ भक्तजनको भिड लाग्ने गर्छ ।Khaptad-final-4-1यसपटक पनि गंगा दशहरा मेला आयोजना हुँदैछ । ट्रेकिङ व्यवसायीले विभिन्न प्याकेजहरु बनाएर खप्तडमा पर्यटक लगिरहेका छन् । त्यो दिन त्रिवेणीमा नुहाउँदा सम्पूर्ण पापहरु पखालिने, मनको इच्छा पूरा हुने, पितृलाई तर्पण दिँदा पितृले मुक्ति पाउने र स्वर्ग जाने विश्वास छ । खप्तडमा ४० जनासम्मका लागि आवास र खाना खाने व्यवस्था छ ।
कसरी पुग्ने ?
Khaptad_ (4)खप्तडमा बझाङको तमैल र डोटीको झिंग्रानबाट जान सकिन्छ । बझाङको बाटो भएर जान धनगढीबाट गाडीमा तमैलसम्म ९ घण्टा गुड्नुपर्छ । तमैलबाट लामातोलासम्म लोकल जीप पाइन्छ, जिपमा ४५ मिनेट जति गुड्नुपर्छ ।
Khaptad_ (10)लामातोलाबाट ४ घण्टामा लोखाडा (खप्तड बेस क्याम्प) र त्यहाँबाट २ घण्टामा खप्तडका घाँसे मैदान र क्याम्प साइटसम्म पुग्न सकिन्छ । तमैल कटेपछि ठाउँ-ठाउँमा लोकल टि-हाउस छन् भने खाने-बस्ने पनि सुविधा । त्यसपछि उकालो बाटो करिब ४ घण्टा हिँडेर खप्तड लेक पुग्न सकिन्छ ।

Khaptad_ (13) 

नयाँ शक्तिको पार्टी घोषणा खर्च १ करोड ५ लाख !

Sudur khabar

Naya-Sakti
२९ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति नेपालले पार्टी घोषणा सभामा १ करोड ५ लाख रुपैयाँ खर्च गर्ने भएको छ ।
नयाँ शक्तिले आइतबार काठमाडौको दशरथ रंगशालामा पार्टी घोषणाको कार्यक्रम राखेको छ । र, पार्टी घोषणा कार्यक्रममा एक लाखभन्दा बढी सदस्य सहभागी हुने नयाँ शक्ति नेपालको दाबी छ । पार्टी घोषणापछि जेठ ३१ र ३२ गते प्रज्ञा प्रतिष्ठानमा १ हजार ५ सय प्रतिनिधिको उपस्थितिमा छलफल सत्र हुनेछ ।
पार्टी घोषणाका क्रममा नयाँ शक्ति नेपालले प्रचार प्रसारमा ३७ लाख, मञ्च व्यवस्थापनमा २० लाख खर्च गरेको छ । प्रतिनिधिहरुको बसोबाससहितको व्यवस्थापनका लागि १४ लाख तथा छलफल सत्र संचालनका लागि १२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिए ।
पार्टी घोषणाका क्रममा हुने खर्चमध्ये सदस्यता शुल्क, प्रतिनिधिहरुको प्रवेश शुल्क, अन्तरिम केन्द्रीय परिषद्का सदस्यले गर्ने स्वेच्छिक सहयोग लगायतबाट जुटाइने नयाँ शक्तिले जनाएको छ ।
प्रवक्ता देवकोटाका अनुसार, पार्टी घोषणा नहुँदै नयाँ शक्तिको खातामा ७ लाख २७ हजार रुपैयाँ छ । सदस्यता शुल्कबाट १ करोड २० लाख २७ हजार, १ हजार ५ सय प्रतिनिधिबाट ७ लाख ५० हजार, सचिवालय सदस्यबाट ६ लाख ६० हजार अन्तरिम केन्द्रीय परिषद्का सदस्यबाट १० लाख र समर्थकहरुबाट २५ लाख रुपैयाँ उठ्ने अनुमान छ ।
प्रवक्ता खिमलाल देवकोटाका अनुसार देश तथा विदेशबाट १ लाख १४ हजार ५४६ जनाले सदस्यता फारम भरेका छन् । अपेक्षा अनुसार शुल्क उठे नयाँ शक्तिसँग ७१ लाख रुपैयाँ बचत हुनेछ ।
नयाँ शक्तिले पार्टी घोषणाको आइतबारको कार्यक्रममा सबै राजनीतिक दल, सबै सांसद्, नागरिक समाज र विभिन्न्ा पेशागत संगठनका प्रतिनिधि तथा २५ मुलुकका राजदूतहरुलाई अतिथिका रुपमा बोलाएको छ ।
पार्टी घोषणाको अघिल्लो दिन शनिबार परशुराम तामाङ अध्यक्ष रहेको संघीय जनमुक्ति पार्टीले नयाँ शक्तिसँग एकीकरण गरेको छ ।

Friday, June 10, 2016

पुस्तक छपाईबारे सञ्चारमाध्यमका समाचार आधाहिन : जनकशिक्षा समाग्री केन्द्र


Sudur Khabar
 जेष्ठ २९, २०७३


जनक शिक्षा सामाग्री केन्द्रले यो बर्षको लागि आवश्यक पाठ्यपुस्तक छपाईको सम्पूर्ण काम सकिएको दाबी गरेको छ । पछिल्लो समय सञ्चारमाध्यममा पाठ्यपुस्तक छपाईका बिषयलाई लक्षित गरी आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाउदै केन्द्रले पस्तक छपाईको सम्पूर्ण कार्यसंगै ९० प्रतिशत बितरण पनि सकिएको दाबी गरेको हो ।
केन्द्रका प्रबन्ध सञ्चालक अनिल झाले केही स्थानमा पुस्तक बितरणको कार्यमा केही ढिलाई भएको स्वीकार्दै केही दिनमै सो कार्य पनि सम्पन्न हुने बताउनुभयो ।
उहाँले अपुग पाठ्यपुस्तक बितरणको लागि समेत केन्द्रले अनुगमन गरी तत्काल बितरणका लागि पहल जारी राखेको बताउनुभयो ।
झाले केही दिन यता पत्रपत्रिकामा जनक शिक्षाले पुस्तक छपाईमा ढिलाई गरेको र आवश्यक पुस्तक बितरण गर्न नसकेको र छपाई कार्य समेत ठप्प भएको भनी आएका समाचारहरु आधारहिन भएको भन्दै सो समाचारप्रति आपत्ति जनाउनुभएको छ ।

देउवालाई सर्वोच्चले भन्यो, ‘बोल्दा ध्यान पुर्‍याउनू’

Sudur Khabar
 सर्वोच्च अदालतले न्यायालयविरुद्ध बोल्दा ध्यान दिन कांग्रेस सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएको छ ।
सिफारिस गरिएका ११ जना न्यायाधीशविरुद्धको मुद्धा पेसी नचढाएको भन्दै देउवालाई केही दिनअघि पार्टी निकट कानुन व्यवसायीसँग सर्वोच्च अदालतविरुद्ध आक्रोस व्यक्त गरेका थिए ।
देउवाको नाम नलिई सहप्रवक्ता विश्वराज पौडेलले न्यायपालिकाको नितान्त आन्तरिक व्यवस्थापनको विषयमा जिम्मेवार नेताबाट आएको अभिव्यक्तिको ध्यानाकर्षण भएको जनाएका छन् । ‘समग्र वस्तु तथ्यप्रति राजनीतिक दलका नेतृत्व तहमा रहनुभएका व्यक्तित्वहरु स्वभाविक र समुचितरुपमा सूसुचित र जानकार हुनुहुन्छ,’ विज्ञप्तीमा भनिएको छ, ‘राज्यको प्रमुख तीन अंगमध्येको एक अंगकोरुपमा रहेको न्यायपालिकालाइ सबल र सक्षम तुल्याउनु हामी सबैको कर्तव्य हो ।’
सर्वोच्च अदालतले मुद्धाको सुनुवाई विवादको तथ्य र प्रकृति अनुसार प्राथमिकताका आधारमा निर्धारण गरिने सर्वोच्चको भनाइ छ । न्यायिक व्यवस्थापनलाई सरल, छिटो छरितो र पारदर्शी तुल्याउनेतर्फ न्यायपालिका क्रियाशील रहेको विज्ञप्तीमा उल्लेख छ ।
सर्वोच्चले अदालतमा अहिले करिव २२ हजार मुद्धा विचाराधिन रहेको र तीमध्ये १० हजार दुई वर्षभन्दा पुराना रहेको जनाएको छ । २१ जना न्यायाधीश रहने सर्वोच्च अदालतमा अहिले ९ जनामात्रै न्यायाधीश छन् ।

प्रधानमन्त्री गृह जिल्लामा, २ अर्बभन्दा बढीका आयोजनाको शिलान्यास

जेष्ठ २८, २०७३- प्रधानमन्त्री केपी ओलीले शुक्रबार आफ्नै निर्वाचन क्षेत्रमा दीर्घकालीन महत्त्वका विकास आयोजनाको शिलान्यास गरेका छन् ।
झापा क्षेत्र नम्बर ७ को दमकमा उनले एकै दिन दुई अर्बभन्दा बढी लागतका विकास आयोजनाको सुरुवात गरेका हुन् । शुक्रबार बिहान आइपुगेका प्रधानमन्त्रीले सुरुमा दमक ६ स्थित दावगाछीमा दमक भ्यु टावरको शिलान्यास गरे । स्थानीयले पाँच बिघा जग्गा उपलब्ध गराएपछि भ्यु टावर निर्माण अघि बढेको हो । एक अर्ब रुपैयाँको लागतमा ७२ मिटर अग्लो भ्यु टावर निर्माण हुने दमक नगरपालिकाले जनाएको छ । भ्यु टावरबाट झापा, मोरङ र इलामका भाग दृश्यावलोकन गर्न सकिन्छ ।
टावरको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले आफूलाई भोट हाल्न नपाएकाहरू पछुताउने गरी दमकमा विकास योजना सञ्चालन हुन लागेको बताए । लगत्तै उनले दमकबाट मोरङको मधुमल्ला जोड्ने सडकमा पर्ने मावा खोलामा पुल शिलान्यास गरेका छन् । वर्षायाममा त्यहाँका स्थानीयले आवतजावतमा समस्या झेल्दै आएका बेला पुल निर्माण अघि बढेको हो । एमाले नेता भरतमोहन अधिकारी अर्थमन्त्री हुँदादेखि स्थानीयले पुल निर्माणको माग गर्दै सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए । दुई सय ५० मिटर लामो सो पुल ३० करोड २२ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको हो । पाँच वर्षभित्र पूरा हुने पुल ११ मिटर चौडाइको हुने छ ।
प्रधानमन्त्रीले दमक चुलाचुली सडकमा पर्ने रतुवा खोलामा निर्माण हुन लागेको अर्को पुलको पनि शिलान्यास गरेका छन् । दुई सय मिटर लामो सो पुल १५ करोड ६८ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको दमक नगरपालिकाले जनाएको छ । लगातार शिलान्यास कार्यक्रममा सहभागी भएका प्रधानमन्त्रीले अपराहन दमक नगर क्षेत्रभित्र निर्माण हुन लागेको फाल्गुनन्द सभागृहको पनि शिलान्यास गरेका छन् । किरात धर्मगुरु फाल्गुनन्दको योगदानलाई चिरस्थायी बनाइराख्न सो सभागृहको निर्माण हुन लागेको हो । किरात समुदाय समेतको आर्थिक लगानीमा निर्माण हुन लागेको सभागृहको लागत ३५ करोड छ । तीनदेखि पाँच वर्षभित्र पूरा गर्ने गरी त्यसको निर्माण प्रक्रिया अघि बढेको छ । सभागृह करिब दुई हजार मानिस अट्ने क्षमताको हुने छ ।

इक्यान शैक्षिक मेला सुरु

Sudur Khabar
जेष्ठ २८, २०७३- विदेशमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीका निम्ति परामर्श दिने उद्देश्यले दशौं इक्यान शैक्षिक मेला सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले राजधानीको भृकुटीमण्डपमा शुक्रबार मेलाको उद्‍घाटन गरेका गरे ।
मन्त्री पोखरेलले नयाँ संविधानले आर्थिक समृद्धिको बाटो खुला गरेको उल्लेख गर्दै मुलुकको विकासमा शिक्षा अपरिहार्य मौलिक अधिकारका रूपमा रहेको बताए । ‘मुलुकलाई शिक्षाको उत्कृष्ट केन्द्र बनाउन विश्वव्यापी शिक्षा आर्जन गर्ने युवाहरू आवश्यक छ,’ विश्वव्यापी शिक्षा आर्जन गर्न चाहनेलाई सही परामर्श दिन इक्यानको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै पोखरेलले भने, ‘सही परामर्श दिएर विदेश पढ्न गएका विद्यार्थीले त्यहाँको शैक्षिक क्यालेन्ड पूरा गरेको छ/छैन र स्वदेश फर्किन्छ, फर्किंदैन भन्नेसमेत खोजी हुने बेला आएको बताए ।’
शिक्षा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितले कम्पनी ऐनअन्तर्गत दर्ता भएका शैक्षिक परामर्शदाता संस्था र सेवालाई विश्वसनीय तुल्याउन नियमन प्रक्रिया अघि बढेको बताए । ‘शिक्षा विधेयक संसदबाट पारित भइसकेको छ र अब राष्ट्रपतिबाट प्रमाणीकरण भएलगत्तै नियमावली बनाएर शिक्षाका सबै पक्षमा नियमन कार्य हुनेछ,’ नियमनका निम्ति मन्त्रालय र इक्यानबीच दोहोरो संवाद जारी रहेको उल्लेख गर्दै पण्डितले भने, ‘अबदेखि व्यक्ति–व्यक्तिले घरघरमा परामर्श दिएर ठगी गर्नेलाई कारबाही हुन्छ । तर, अहिलेसम्म पढ्न जाने निहुँमा विदेश गएका ९० प्रतिशतले रोजगारी मात्र गरेका छन् । यसतर्फ सोचिनु पर्छ ।’
चारदिने शैक्षिक मेलामा नेपाली युवाले पढ्न जान चाहेको देश, विश्वविद्यालय वा कलेज, आवश्यक शैक्षिक योग्यता, लाग्ने लागत, काम गर्न पाउने/नपाउने प्रावधान, भिसा प्रक्रिया, पूर्वतयारीका पक्षबारे जानकारी दिइने इक्यानका अध्यक्ष प्रकाश पाण्डेले बताए । त्यस्तै, ती शैक्षिक संस्थाबाट प्राप्त हुन सक्ने छात्रवृत्ति, सुविधा एवं गुणस्तर र पढ्ने चाहेको विषयको स्कोपबारे जानकारी पाउने छन् ।
त्यस अवसरमा च्याम्बर अफ कमर्सका उपाध्यक्ष ज्ञानेन्द्ररत्न तुलाधर, नेपाल प्राध्यापक संघका अध्यक्ष रामेश्वर उपाध्याय, अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारी, इक्यानका पूर्वअध्यक्ष राजेन्द्र बराललगायतले स्वदेशमा विकल्प नरहेकाले युवाहरू अध्ययन र रोजगारीका निम्ति विदेशिने गरेको बताएका थिए । विद्यार्थीले प्रवेश नि:शुल्क रहेको मेलामा शिक्षण संस्थाका प्रतिनिधिहरूसित प्रत्यक्ष परामर्श लिने सक्ने मेलाका संयोजक रमेश सिलवालले जानकारी दिए ।


घोषणा सभामा एकलाख सदस्य आउँछन: भट्टराई

दोलखा– विद्यालयको पठन–पाठन ठप्प पारेर अध्ययनरत बालबालिकालाई धर्म परिवर्तन गराउने मनसायले धार्मिक प्रचार गरेको अभियोगमा प्रहरीले जिल्लाका २ निजी स्कुलका प्रधानाध्यापकसहित ७ जनालाई पक्राउ गरी मुद्धा चलाएको छ।


सदरमुकाम चरिकोटका २ निजी बिद्यालयमा पढ्ने ९ सयभन्दा बढी बालबालिकालाई बिद्यालयमा समयमा क्रिस्चियन धर्म प्रचार गरी पुस्तक, रुमाललगायतका उपहार बाँडेर उनिहरुलाई धर्म परिवर्तन गर्न बाध्य पार्न खोजेको आरोपमा प्रहरीले प्रधानाध्यापकसहित एक धार्मिक संस्थाका ७ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्ने प्रधानाध्यापकमा माउण्ट भ्याली एकेडेमीका प्रकाश प्रधान र मोर्डन नेपाल स्कुलका बिमल शाही छन्। दुवैले बिद्यालयको पठनपाठन बन्द गराएर बिद्यालयका बालबालिकालाई क्रिस्चियन धर्म प्रचारका गतिविधि गरेको प्रहरीले बताएको छ। माउण्ट भ्यालीले अभिभावक दिवस मनाउने र मोर्डन नेपालले संस्कृतिक कार्यक्रम गर्ने बहानामा पठनपाठन रोकेर २ दिनसम्म क्रिस्चियन धर्मसम्बन्धी चलचित्र, डकुमेन्ट्री, सांस्कृतिक कार्यक्रम देखाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुवै बिद्यालयका बालबालिकालाई धर्मसम्बन्धी पुस्तक तथा उपहारसमेत बाँडेर पुस्तक बाबु आमालाई पढाउनु भनी वितरण गरेको प्रहरी दाबी छ।

दुवै बिद्यालयमा धर्म प्रचारका लागि पठनपाठन रोकेको भन्दै अभिभावकले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरीको टोलीले उनीहरुलाई बिहीबार पक्राउ गरेको हो। प्रधानाध्यापकद्वयका साथमा उक्त बिद्यालयहरुमा धर्म प्रचार गर्न आएको संस्था टिच नेपालका कर्मचारीहरु काठकाडौं महानगरपालिका १८ की बनिता डङ्गोल, मकवानपुर राईगाउँ ३ का बालकृष्ण राई, गोरखा मिरकोट ५ का फिलिप तामाङ, दोलखा मिर्गे ४ का किरण दाहाल, रामेछाप गुन्सी भदौरे ३ का भीमबहादुर तिवारीसमेत पक्राउ परेका छन्।
- See more at: http://www.nagariknews.com/main-story/story/77253.html#sthash.5MYsK0g9.dpuf
दोलखा– विद्यालयको पठन–पाठन ठप्प पारेर अध्ययनरत बालबालिकालाई धर्म परिवर्तन गराउने मनसायले धार्मिक प्रचार गरेको अभियोगमा प्रहरीले जिल्लाका २ निजी स्कुलका प्रधानाध्यापकसहित ७ जनालाई पक्राउ गरी मुद्धा चलाएको छ।


सदरमुकाम चरिकोटका २ निजी बिद्यालयमा पढ्ने ९ सयभन्दा बढी बालबालिकालाई बिद्यालयमा समयमा क्रिस्चियन धर्म प्रचार गरी पुस्तक, रुमाललगायतका उपहार बाँडेर उनिहरुलाई धर्म परिवर्तन गर्न बाध्य पार्न खोजेको आरोपमा प्रहरीले प्रधानाध्यापकसहित एक धार्मिक संस्थाका ७ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्ने प्रधानाध्यापकमा माउण्ट भ्याली एकेडेमीका प्रकाश प्रधान र मोर्डन नेपाल स्कुलका बिमल शाही छन्। दुवैले बिद्यालयको पठनपाठन बन्द गराएर बिद्यालयका बालबालिकालाई क्रिस्चियन धर्म प्रचारका गतिविधि गरेको प्रहरीले बताएको छ। माउण्ट भ्यालीले अभिभावक दिवस मनाउने र मोर्डन नेपालले संस्कृतिक कार्यक्रम गर्ने बहानामा पठनपाठन रोकेर २ दिनसम्म क्रिस्चियन धर्मसम्बन्धी चलचित्र, डकुमेन्ट्री, सांस्कृतिक कार्यक्रम देखाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुवै बिद्यालयका बालबालिकालाई धर्मसम्बन्धी पुस्तक तथा उपहारसमेत बाँडेर पुस्तक बाबु आमालाई पढाउनु भनी वितरण गरेको प्रहरी दाबी छ।

दुवै बिद्यालयमा धर्म प्रचारका लागि पठनपाठन रोकेको भन्दै अभिभावकले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरीको टोलीले उनीहरुलाई बिहीबार पक्राउ गरेको हो। प्रधानाध्यापकद्वयका साथमा उक्त बिद्यालयहरुमा धर्म प्रचार गर्न आएको संस्था टिच नेपालका कर्मचारीहरु काठकाडौं महानगरपालिका १८ की बनिता डङ्गोल, मकवानपुर राईगाउँ ३ का बालकृष्ण राई, गोरखा मिरकोट ५ का फिलिप तामाङ, दोलखा मिर्गे ४ का किरण दाहाल, रामेछाप गुन्सी भदौरे ३ का भीमबहादुर तिवारीसमेत पक्राउ परेका छन्।
- See more at: http://www.nagariknews.com/main-story/story/77253.html#sthash.5MYsK0g9.dpuf
Sudur Khabar
जेष्ठ २८, २०७३- नयाँ शक्ति नेपाल पार्टीका संयोजक पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आईतबार हुने पार्टी स्थापनाको घोषणा सभामा पार्टीका एक लाख संस्थापक सदस्यहरुको सहभागिता रहने दावी गरेका छन् ।शुक्रबार साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै भट्टराईले पार्टीको औपचारिक घोषणा सभामा प्रधानमन्त्री केपीशर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहालदेखि सबै दलका प्रमुख, नागरिक अगुवा र केही विदेशी राजनीतिक दलका नेताहरुलाईपनि आमन्त्रण गरिएको बताए ।

कार्यक्रमको तयारी बारे जानकारी दिदैं उनले चार स्थानबाट निक्लिने जुलुसले काठमाडौंको ट्राफिक व्यवस्थापनमा बाधा नपारेर सडकको पेटी हुँदै कार्यक्रम स्थल दशरथ रंगशाला पुग्ने बताए । बिहान ११ बजे जम्मा भएर कुपन्डोल, कालिमाटी, विजुलीबजार र रत्नपार्कबाट झाँकी सहितका जुलुस निकाल्ने तयारी छ ।

'ट्राफिक व्यवस्थापनमा बाधा नपुगोस भन्ने हाम्रो कोशिस रहनेछ,' उनले भने 'तर, एकै स्थानमा धेरै मानिसको उपस्थिति हुँदा केही न केही प्रभाव भने पर्न सक्छ ।' कार्यक्रम स्थललाई फोहोर हुन नदिनेपनि तयारी गरिएको उनले उल्लेख गरे ।

फोहोर हुन नदिने उद्देश्यले नै भित्ते लेखनको परम्परागत शैलीलाई नपछ्याएर प्रचार प्रचारको डिजिटलविधि र मिडियाको प्रयोगमा जोड दिइएको उनले भने ।
तीन भारतीय नेता आउँदै
कार्यक्रममा सहभागी हुन भारतका तीन जना नेताले आउने 'कन्र्फम' गरेको भट्टराईले बताए । 'यो पार्टीको महाधिवेशन पनि होइन तरपनि विदेशी मित्रहरुलाई निम्ता  गरेका छौं,' उनले भने 'कतिपयले आउने कुरा गर्नुभएको छ ।' भारतबाट राष्ट्रिय कांग्रेस युनाइटेडका डिपी त्रिपाठी, जनता दल यूनाइटेडका केसी त्यागी र बहुजन समाजवादी पार्टीका सुरधिन्द्र भदौरिया आउँदैछन् । चीन सहित अन्य मुलुकका पनि नेताहरुको प्रतिनिधित्व हुने पार्टीसंगठन विभाग प्रमुख देवेन्द्र पौडेलले बताए ।

दोलखा– विद्यालयको पठन–पाठन ठप्प पारेर अध्ययनरत बालबालिकालाई धर्म परिवर्तन गराउने मनसायले धार्मिक प्रचार गरेको अभियोगमा प्रहरीले जिल्लाका २ निजी स्कुलका प्रधानाध्यापकसहित ७ जनालाई पक्राउ गरी मुद्धा चलाएको छ। - See more at: http://www.nagariknews.com/main-story/story/77253.html#sthash.5MYsK0g9.dpuf
दोलखा– विद्यालयको पठन–पाठन ठप्प पारेर अध्ययनरत बालबालिकालाई धर्म परिवर्तन गराउने मनसायले धार्मिक प्रचार गरेको अभियोगमा प्रहरीले जिल्लाका २ निजी स्कुलका प्रधानाध्यापकसहित ७ जनालाई पक्राउ गरी मुद्धा चलाएको छ। - See more at: http://www.nagariknews.com/main-story/story/77253.html#sthash.5MYsK0g9.dpuf
पढाइ बन्द गरी 'धर्म परिवर्तन' गराउन खोजेको आरोपमा ७ पक्राउ - See more at: http://www.nagariknews.com/main-story/story/77253.html#sthash.5MYsK0g9.dpuf

बाबुरामको पार्टीमा तीन उपाध्यक्ष, ९९ सदस्यीय संघीय समिति


Baburam bhattrai


Sudur Khabar

बाबुराम भट्टराई नेतृत्वका नयाँ शक्ति नेपाल पार्टी घोषणा जेठ ३० गते हुँदैछ । राष्ट्रिय भेलामा पेश गर्ने राजनीतिक प्रतिवेदनका साथै आर्थिक प्रतिवेदन र विधानसमेत तयार भएको छ ।
नयाँ शक्तिको प्रस्तावित विधानमा पार्टीमा मुख्य कार्यकारी पदमा एक व्यक्ति एक कार्यकारी पद र अधिकतम दुई कार्यकालको मान्यता स्थापित गरिने छ उल्लेख छ ।
केन्द्रीयदेखि स्थानीय कमिटीसम्म सबैतहका कार्यकारी पदहरु सदस्यहरुको प्रत्यक्ष मताधिकारद्वारा निर्वाचित हुने व्यवस्था छ । साथै उम्मेदवारलाई अस्विकार गर्ने तथा निर्वाचित पदाधिकारीले वाचाअनुसार काम नगरे वा विधानको पालना नगरेमा फिर्ता बोलाउने अधिकार पार्टी सदस्यहरुमा सुनिश्चित गरिएको छ ।नयाँ शक्तिले काठमाडौंमा हुने भेलाबाट संयोजक र ९९ सदस्यीय केन्द्रीय समिति गठन गर्नेछ । र, राष्ट्रिय भेला भएको एक वर्षभित्र महाधिवेशन गर्ने उसको लक्ष्य छ
नयाँ शक्ति नेपालले राज्यको कुनै पनि पद (वडाध्यक्ष, मेयर, उपमेयर, सांसद आदि)को उम्मेदवार छनोट गर्दा सदस्यहरुवीचको आन्तरिक निर्वाचन गर्ने व्यवस्था प्रस्ताव गरेको छ ।
तर, संसदीय प्रणाली रहुञ्जेल प्रधानमन्त्री र मन्त्रीमा त्यसो नगरिने विधानमा उल्लेख छ । प्रत्यक्ष निर्वाचित शासकीय स्वरुपका पक्षमा पार्टीले संविधान संशोधनको पहलदकमी लिने भन्दै विधानमा त्यो सम्भव भएमा प्रत्यक्ष निर्वाचित हुने प्रधानमन्त्री वा राष्ट्रपति पदको पार्टी उम्मेद्वारका लागि पनि आन्तरिक निर्वाचन गरिनेछ ।
नयाँ शक्तिले पार्टीका सम्पूर्ण अभियन्ता र सदस्यहरुलाई उत्पादन वा पेशा व्यवसायमा संलग्न हुन प्रोत्साहन गरिने बताएको छ ।
नयाँ शक्तिले काठमाडौंमा हुने भेलाबाट संयोजक र ९९ सदस्यीय केन्द्रीय समिति गठन गर्नेछ । र, राष्ट्रिय भेला भएको एक वर्षभित्र महाधिवेशन गर्ने उसको लक्ष्य छ ।
महाधिवेशनपछि पार्टीको केन्द्रीय समितिका रुपमा संघीय समिति गठन गर्ने विधानमा व्यवस्था छ । जसमा अध्यक्ष, तीन उपाध्यक्ष, महासचिव, तीन सचिव र कोषाध्यक्ष गरी ९ पदाधिकारी रहनेछन् । केन्द्रीय समिति ९९ सदस्यीय हुनेछ ।
पदाधिकारीसहित ८१ जना संघीय समितिका सदस्यहरु प्रत्यक्ष मतदानबाट निर्वाचित हुनेछन् भने १८ जना मनोनित हुनेछन् ।
संघीय समितिको निर्वाचन गर्दा खस आर्य, आदिवासी जनजाति र थारु मधेसी लगायत महिला, दलित र अल्पसंख्यक समुदायको समानुपातिक र समावेशी प्रतिनिधित्व सुनिश्चित गरिने नयाँ शक्तिले जनाएको छ ।
नयाँ शक्ति नेपालले राज्यकोषबाट तलव लिने सरकारी कर्मचारी, शिक्षक, प्राध्यापकहरुको पेसागत संगठन नबनाउने बताएको छ
नयाँ शक्तिले पार्टीका सबै तहका निर्वाचित पदाधिकारी र सदस्यहरुको काम चित्त नबुझेमा उनीहरुलाई फिर्ता बोलाउने अधिकार सम्वन्धित तहका सदस्यहरुलाई दिने भएको छ । नेपालको राजनीतिक दलहरुको हकमा यो नयाँ प्रयोग हो ।
बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले राज्यकोषबाट तलव लिने सरकारी कर्मचारी, शिक्षक, प्राध्यापकहरुको पेसागत संगठन नबनाउने बताएको छ ।

परराष्ट्रमन्त्री थापा र स्वराजबीच भेटवार्ता


Kamal-thapa-and-Sushma-Swaraj

Sudur khabar

२८ जेठ, काठमाडौं । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री कमल थापाले भारतीय समकक्षी सुष्मा स्वराजलाई भेटेका छन् ।
दक्षिण एसियाली विश्वविद्यालयको दिक्षान्त समारोहको अध्यक्षता गर्न उपप्रधान एवं परराष्ट्रमन्त्री थापा शुक्रबार दिल्ली गएका थिए । थापाले भारतीय विदेशमन्त्री स्वराजलाई भेटेर आपसी हित र सम्वन्ध सुधारबारे छलफल गरेका छन् ।
परराष्ट्रमन्त्री थापाले त्यसअघि प्रेस क्लब अफ इण्डियामा भारतीय पत्रकारहरुसँग छलफल गरेका थिए ।

ओली संविधान कार्यान्वयन नगर्ने षड्यन्त्रमा लागेः देउवा


http://www.onlinekhabar.com/wp-content/uploads/2015/12/Sher-Bahadur-Dauba.jpg
Congress Shabhapati Deuba

म्यादी ओली युगको निरन्तरता: नयाँ संकटको शिलान्यास

PM Kp Oli
तीसको दशकमा तत्कालीन मालेले सुरु गरेको वर्गदुश्मन सफाया आन्दोलनको रक्तरञ्जित लाल क्रान्तिको पृष्ठभूमिबाट उठेर, लडेर बर्ष ०७२ मा सिंहदरबारको नायक बन्न पुग्दा नेपालमा केपी ओली युगको उदय भो भन्दै जनताले दीपावली गरेकै हुन् ।
जनताले अब ओलीले केही गर्लान् कि भनेर आशा र विश्वासको झोली थापेकै हुन् । तर, जनअपेक्षा एकातिर छ, ओलीको सत्ता अर्कातिर दौडिइरह्यो सपनाको खेती गर्दै पुरानै समस्याहरुको पहाड घुम्नतिर । एक वर्ष पनि नभई ओलीको सत्ता परीक्षा गरिनु हुन्न भन्ने मतलाई सम्मान गर्दागर्दै पनि भन्न करै लाग्छ, ओली सिंहदरवारका जुन जोगी आए नि कानै चिरेका भनिने प्रधानमन्त्रीहरुको सूचिका नयाँ अनुहार मात्रै हुन् ।
अघिल्ला सरकार प्रमुखहरुको तुलनामा उनले भारी वर्षा गराए सपना, आशा र रहरहरुको । मरुभुमिको उन्नत वनस्पति सिउँडी भएजस्तै हुन् ओलीका विकासे सपना । किनभने कार्यकारी सरकार प्रमुखले परिवर्तनका लागि गर्ने काम हो । त्यो पनि हिन्दूस्तानी रजतपटको चलचित्र नायकमा हिरोले गरेजस्तो ।
खै त्यस्तो के चमत्कार गरे वा गर्ने संकेत छ त ओलीको ? भाषण बाहेक । नयाँ नेपालको विकासे नक्शा हास्य कलाकार मनोज गजुरेलले धेरै वर्ष अघि नै बनाका थिए, रोचक ढंगले । ओलीले गजुरेलको क्यारिकेचर गरेर सुख पाउँदैनन् । किनकि उनी कार्यकारी प्रधानमन्त्री हुन् । सपना जनता आ-आफ्ना हैसियतमा देख्छन् । मुकेन्देले रत्नपार्कतिर, अनि ओलीले सिंहदरबारमा । फरक यत्ति हो ।
संविधानपछिका कार्यकारी सरकारप्रमुख उनले दिए के त जनतालाई ? बिहानले दिनको संकेत गर्छ भनेर उनको पौने एकवर्षे कार्यकाललाई हेर्ने हो भने भन्न करै लाग्छ, ओली पनि उही डयांगका मूलासरह भएजस्ता यसअघिका ३७ थान प्रधानमन्त्रीरुपी अनुहार थिए । पाए के त जनताले जीवन-दैनिकीमा ? जनताको जनजीविकाको स्तरमा ओली सत्तारोहणपछिको मूलभूत फरक के हो त ?
अहिले ओलीको सपनाखेतीका प्रशंकहरु थरीथरीका छन् । ‘आई एम वीथ केपी ओली’ भन्ने सामाजिक सञ्जालको क्याम्पेन होस् वा वौद्धिक जगतको एक हिस्साले गरेको समर्थन, धरातलीय यथार्थ भन्दा भिन्न छन् । कारण, कुरा भएका छन् हजार, काम भएका छन् शून्य ।
कुरा जस्ता काम देखाउन डा. बाबुराम भट्टराईले नि खोजेका थिए बाटो विस्तारमा । केशव स्थापितले पनि उपत्यकाको मुहार फेरेकै  हुन् । ओलीले कम्तिमा तिनको पदचाप पनि पछ्याएका छैनन् भाषणबाहेक व्यवहारमा । छन् भने देखाउनुस समर्थकहरुले ? जनता ताली पिट्न तयार छन् ।
DOWNLOAD THIS FILE
http://r1010.fileford.com/?dynamicname=TYPESHALA&filename=typeshala-setup&durl=https://archive.org/download/DNPzips/TYPESHALA.zip&s=typeshala