Friday, June 10, 2016

पुस्तक छपाईबारे सञ्चारमाध्यमका समाचार आधाहिन : जनकशिक्षा समाग्री केन्द्र


Sudur Khabar
 जेष्ठ २९, २०७३


जनक शिक्षा सामाग्री केन्द्रले यो बर्षको लागि आवश्यक पाठ्यपुस्तक छपाईको सम्पूर्ण काम सकिएको दाबी गरेको छ । पछिल्लो समय सञ्चारमाध्यममा पाठ्यपुस्तक छपाईका बिषयलाई लक्षित गरी आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाउदै केन्द्रले पस्तक छपाईको सम्पूर्ण कार्यसंगै ९० प्रतिशत बितरण पनि सकिएको दाबी गरेको हो ।
केन्द्रका प्रबन्ध सञ्चालक अनिल झाले केही स्थानमा पुस्तक बितरणको कार्यमा केही ढिलाई भएको स्वीकार्दै केही दिनमै सो कार्य पनि सम्पन्न हुने बताउनुभयो ।
उहाँले अपुग पाठ्यपुस्तक बितरणको लागि समेत केन्द्रले अनुगमन गरी तत्काल बितरणका लागि पहल जारी राखेको बताउनुभयो ।
झाले केही दिन यता पत्रपत्रिकामा जनक शिक्षाले पुस्तक छपाईमा ढिलाई गरेको र आवश्यक पुस्तक बितरण गर्न नसकेको र छपाई कार्य समेत ठप्प भएको भनी आएका समाचारहरु आधारहिन भएको भन्दै सो समाचारप्रति आपत्ति जनाउनुभएको छ ।

देउवालाई सर्वोच्चले भन्यो, ‘बोल्दा ध्यान पुर्‍याउनू’

Sudur Khabar
 सर्वोच्च अदालतले न्यायालयविरुद्ध बोल्दा ध्यान दिन कांग्रेस सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएको छ ।
सिफारिस गरिएका ११ जना न्यायाधीशविरुद्धको मुद्धा पेसी नचढाएको भन्दै देउवालाई केही दिनअघि पार्टी निकट कानुन व्यवसायीसँग सर्वोच्च अदालतविरुद्ध आक्रोस व्यक्त गरेका थिए ।
देउवाको नाम नलिई सहप्रवक्ता विश्वराज पौडेलले न्यायपालिकाको नितान्त आन्तरिक व्यवस्थापनको विषयमा जिम्मेवार नेताबाट आएको अभिव्यक्तिको ध्यानाकर्षण भएको जनाएका छन् । ‘समग्र वस्तु तथ्यप्रति राजनीतिक दलका नेतृत्व तहमा रहनुभएका व्यक्तित्वहरु स्वभाविक र समुचितरुपमा सूसुचित र जानकार हुनुहुन्छ,’ विज्ञप्तीमा भनिएको छ, ‘राज्यको प्रमुख तीन अंगमध्येको एक अंगकोरुपमा रहेको न्यायपालिकालाइ सबल र सक्षम तुल्याउनु हामी सबैको कर्तव्य हो ।’
सर्वोच्च अदालतले मुद्धाको सुनुवाई विवादको तथ्य र प्रकृति अनुसार प्राथमिकताका आधारमा निर्धारण गरिने सर्वोच्चको भनाइ छ । न्यायिक व्यवस्थापनलाई सरल, छिटो छरितो र पारदर्शी तुल्याउनेतर्फ न्यायपालिका क्रियाशील रहेको विज्ञप्तीमा उल्लेख छ ।
सर्वोच्चले अदालतमा अहिले करिव २२ हजार मुद्धा विचाराधिन रहेको र तीमध्ये १० हजार दुई वर्षभन्दा पुराना रहेको जनाएको छ । २१ जना न्यायाधीश रहने सर्वोच्च अदालतमा अहिले ९ जनामात्रै न्यायाधीश छन् ।

प्रधानमन्त्री गृह जिल्लामा, २ अर्बभन्दा बढीका आयोजनाको शिलान्यास

जेष्ठ २८, २०७३- प्रधानमन्त्री केपी ओलीले शुक्रबार आफ्नै निर्वाचन क्षेत्रमा दीर्घकालीन महत्त्वका विकास आयोजनाको शिलान्यास गरेका छन् ।
झापा क्षेत्र नम्बर ७ को दमकमा उनले एकै दिन दुई अर्बभन्दा बढी लागतका विकास आयोजनाको सुरुवात गरेका हुन् । शुक्रबार बिहान आइपुगेका प्रधानमन्त्रीले सुरुमा दमक ६ स्थित दावगाछीमा दमक भ्यु टावरको शिलान्यास गरे । स्थानीयले पाँच बिघा जग्गा उपलब्ध गराएपछि भ्यु टावर निर्माण अघि बढेको हो । एक अर्ब रुपैयाँको लागतमा ७२ मिटर अग्लो भ्यु टावर निर्माण हुने दमक नगरपालिकाले जनाएको छ । भ्यु टावरबाट झापा, मोरङ र इलामका भाग दृश्यावलोकन गर्न सकिन्छ ।
टावरको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले आफूलाई भोट हाल्न नपाएकाहरू पछुताउने गरी दमकमा विकास योजना सञ्चालन हुन लागेको बताए । लगत्तै उनले दमकबाट मोरङको मधुमल्ला जोड्ने सडकमा पर्ने मावा खोलामा पुल शिलान्यास गरेका छन् । वर्षायाममा त्यहाँका स्थानीयले आवतजावतमा समस्या झेल्दै आएका बेला पुल निर्माण अघि बढेको हो । एमाले नेता भरतमोहन अधिकारी अर्थमन्त्री हुँदादेखि स्थानीयले पुल निर्माणको माग गर्दै सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए । दुई सय ५० मिटर लामो सो पुल ३० करोड २२ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको हो । पाँच वर्षभित्र पूरा हुने पुल ११ मिटर चौडाइको हुने छ ।
प्रधानमन्त्रीले दमक चुलाचुली सडकमा पर्ने रतुवा खोलामा निर्माण हुन लागेको अर्को पुलको पनि शिलान्यास गरेका छन् । दुई सय मिटर लामो सो पुल १५ करोड ६८ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको दमक नगरपालिकाले जनाएको छ । लगातार शिलान्यास कार्यक्रममा सहभागी भएका प्रधानमन्त्रीले अपराहन दमक नगर क्षेत्रभित्र निर्माण हुन लागेको फाल्गुनन्द सभागृहको पनि शिलान्यास गरेका छन् । किरात धर्मगुरु फाल्गुनन्दको योगदानलाई चिरस्थायी बनाइराख्न सो सभागृहको निर्माण हुन लागेको हो । किरात समुदाय समेतको आर्थिक लगानीमा निर्माण हुन लागेको सभागृहको लागत ३५ करोड छ । तीनदेखि पाँच वर्षभित्र पूरा गर्ने गरी त्यसको निर्माण प्रक्रिया अघि बढेको छ । सभागृह करिब दुई हजार मानिस अट्ने क्षमताको हुने छ ।

इक्यान शैक्षिक मेला सुरु

Sudur Khabar
जेष्ठ २८, २०७३- विदेशमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीका निम्ति परामर्श दिने उद्देश्यले दशौं इक्यान शैक्षिक मेला सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले राजधानीको भृकुटीमण्डपमा शुक्रबार मेलाको उद्‍घाटन गरेका गरे ।
मन्त्री पोखरेलले नयाँ संविधानले आर्थिक समृद्धिको बाटो खुला गरेको उल्लेख गर्दै मुलुकको विकासमा शिक्षा अपरिहार्य मौलिक अधिकारका रूपमा रहेको बताए । ‘मुलुकलाई शिक्षाको उत्कृष्ट केन्द्र बनाउन विश्वव्यापी शिक्षा आर्जन गर्ने युवाहरू आवश्यक छ,’ विश्वव्यापी शिक्षा आर्जन गर्न चाहनेलाई सही परामर्श दिन इक्यानको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै पोखरेलले भने, ‘सही परामर्श दिएर विदेश पढ्न गएका विद्यार्थीले त्यहाँको शैक्षिक क्यालेन्ड पूरा गरेको छ/छैन र स्वदेश फर्किन्छ, फर्किंदैन भन्नेसमेत खोजी हुने बेला आएको बताए ।’
शिक्षा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितले कम्पनी ऐनअन्तर्गत दर्ता भएका शैक्षिक परामर्शदाता संस्था र सेवालाई विश्वसनीय तुल्याउन नियमन प्रक्रिया अघि बढेको बताए । ‘शिक्षा विधेयक संसदबाट पारित भइसकेको छ र अब राष्ट्रपतिबाट प्रमाणीकरण भएलगत्तै नियमावली बनाएर शिक्षाका सबै पक्षमा नियमन कार्य हुनेछ,’ नियमनका निम्ति मन्त्रालय र इक्यानबीच दोहोरो संवाद जारी रहेको उल्लेख गर्दै पण्डितले भने, ‘अबदेखि व्यक्ति–व्यक्तिले घरघरमा परामर्श दिएर ठगी गर्नेलाई कारबाही हुन्छ । तर, अहिलेसम्म पढ्न जाने निहुँमा विदेश गएका ९० प्रतिशतले रोजगारी मात्र गरेका छन् । यसतर्फ सोचिनु पर्छ ।’
चारदिने शैक्षिक मेलामा नेपाली युवाले पढ्न जान चाहेको देश, विश्वविद्यालय वा कलेज, आवश्यक शैक्षिक योग्यता, लाग्ने लागत, काम गर्न पाउने/नपाउने प्रावधान, भिसा प्रक्रिया, पूर्वतयारीका पक्षबारे जानकारी दिइने इक्यानका अध्यक्ष प्रकाश पाण्डेले बताए । त्यस्तै, ती शैक्षिक संस्थाबाट प्राप्त हुन सक्ने छात्रवृत्ति, सुविधा एवं गुणस्तर र पढ्ने चाहेको विषयको स्कोपबारे जानकारी पाउने छन् ।
त्यस अवसरमा च्याम्बर अफ कमर्सका उपाध्यक्ष ज्ञानेन्द्ररत्न तुलाधर, नेपाल प्राध्यापक संघका अध्यक्ष रामेश्वर उपाध्याय, अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारी, इक्यानका पूर्वअध्यक्ष राजेन्द्र बराललगायतले स्वदेशमा विकल्प नरहेकाले युवाहरू अध्ययन र रोजगारीका निम्ति विदेशिने गरेको बताएका थिए । विद्यार्थीले प्रवेश नि:शुल्क रहेको मेलामा शिक्षण संस्थाका प्रतिनिधिहरूसित प्रत्यक्ष परामर्श लिने सक्ने मेलाका संयोजक रमेश सिलवालले जानकारी दिए ।


घोषणा सभामा एकलाख सदस्य आउँछन: भट्टराई

दोलखा– विद्यालयको पठन–पाठन ठप्प पारेर अध्ययनरत बालबालिकालाई धर्म परिवर्तन गराउने मनसायले धार्मिक प्रचार गरेको अभियोगमा प्रहरीले जिल्लाका २ निजी स्कुलका प्रधानाध्यापकसहित ७ जनालाई पक्राउ गरी मुद्धा चलाएको छ।


सदरमुकाम चरिकोटका २ निजी बिद्यालयमा पढ्ने ९ सयभन्दा बढी बालबालिकालाई बिद्यालयमा समयमा क्रिस्चियन धर्म प्रचार गरी पुस्तक, रुमाललगायतका उपहार बाँडेर उनिहरुलाई धर्म परिवर्तन गर्न बाध्य पार्न खोजेको आरोपमा प्रहरीले प्रधानाध्यापकसहित एक धार्मिक संस्थाका ७ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्ने प्रधानाध्यापकमा माउण्ट भ्याली एकेडेमीका प्रकाश प्रधान र मोर्डन नेपाल स्कुलका बिमल शाही छन्। दुवैले बिद्यालयको पठनपाठन बन्द गराएर बिद्यालयका बालबालिकालाई क्रिस्चियन धर्म प्रचारका गतिविधि गरेको प्रहरीले बताएको छ। माउण्ट भ्यालीले अभिभावक दिवस मनाउने र मोर्डन नेपालले संस्कृतिक कार्यक्रम गर्ने बहानामा पठनपाठन रोकेर २ दिनसम्म क्रिस्चियन धर्मसम्बन्धी चलचित्र, डकुमेन्ट्री, सांस्कृतिक कार्यक्रम देखाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुवै बिद्यालयका बालबालिकालाई धर्मसम्बन्धी पुस्तक तथा उपहारसमेत बाँडेर पुस्तक बाबु आमालाई पढाउनु भनी वितरण गरेको प्रहरी दाबी छ।

दुवै बिद्यालयमा धर्म प्रचारका लागि पठनपाठन रोकेको भन्दै अभिभावकले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरीको टोलीले उनीहरुलाई बिहीबार पक्राउ गरेको हो। प्रधानाध्यापकद्वयका साथमा उक्त बिद्यालयहरुमा धर्म प्रचार गर्न आएको संस्था टिच नेपालका कर्मचारीहरु काठकाडौं महानगरपालिका १८ की बनिता डङ्गोल, मकवानपुर राईगाउँ ३ का बालकृष्ण राई, गोरखा मिरकोट ५ का फिलिप तामाङ, दोलखा मिर्गे ४ का किरण दाहाल, रामेछाप गुन्सी भदौरे ३ का भीमबहादुर तिवारीसमेत पक्राउ परेका छन्।
- See more at: http://www.nagariknews.com/main-story/story/77253.html#sthash.5MYsK0g9.dpuf
दोलखा– विद्यालयको पठन–पाठन ठप्प पारेर अध्ययनरत बालबालिकालाई धर्म परिवर्तन गराउने मनसायले धार्मिक प्रचार गरेको अभियोगमा प्रहरीले जिल्लाका २ निजी स्कुलका प्रधानाध्यापकसहित ७ जनालाई पक्राउ गरी मुद्धा चलाएको छ।


सदरमुकाम चरिकोटका २ निजी बिद्यालयमा पढ्ने ९ सयभन्दा बढी बालबालिकालाई बिद्यालयमा समयमा क्रिस्चियन धर्म प्रचार गरी पुस्तक, रुमाललगायतका उपहार बाँडेर उनिहरुलाई धर्म परिवर्तन गर्न बाध्य पार्न खोजेको आरोपमा प्रहरीले प्रधानाध्यापकसहित एक धार्मिक संस्थाका ७ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्ने प्रधानाध्यापकमा माउण्ट भ्याली एकेडेमीका प्रकाश प्रधान र मोर्डन नेपाल स्कुलका बिमल शाही छन्। दुवैले बिद्यालयको पठनपाठन बन्द गराएर बिद्यालयका बालबालिकालाई क्रिस्चियन धर्म प्रचारका गतिविधि गरेको प्रहरीले बताएको छ। माउण्ट भ्यालीले अभिभावक दिवस मनाउने र मोर्डन नेपालले संस्कृतिक कार्यक्रम गर्ने बहानामा पठनपाठन रोकेर २ दिनसम्म क्रिस्चियन धर्मसम्बन्धी चलचित्र, डकुमेन्ट्री, सांस्कृतिक कार्यक्रम देखाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुवै बिद्यालयका बालबालिकालाई धर्मसम्बन्धी पुस्तक तथा उपहारसमेत बाँडेर पुस्तक बाबु आमालाई पढाउनु भनी वितरण गरेको प्रहरी दाबी छ।

दुवै बिद्यालयमा धर्म प्रचारका लागि पठनपाठन रोकेको भन्दै अभिभावकले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरीको टोलीले उनीहरुलाई बिहीबार पक्राउ गरेको हो। प्रधानाध्यापकद्वयका साथमा उक्त बिद्यालयहरुमा धर्म प्रचार गर्न आएको संस्था टिच नेपालका कर्मचारीहरु काठकाडौं महानगरपालिका १८ की बनिता डङ्गोल, मकवानपुर राईगाउँ ३ का बालकृष्ण राई, गोरखा मिरकोट ५ का फिलिप तामाङ, दोलखा मिर्गे ४ का किरण दाहाल, रामेछाप गुन्सी भदौरे ३ का भीमबहादुर तिवारीसमेत पक्राउ परेका छन्।
- See more at: http://www.nagariknews.com/main-story/story/77253.html#sthash.5MYsK0g9.dpuf
Sudur Khabar
जेष्ठ २८, २०७३- नयाँ शक्ति नेपाल पार्टीका संयोजक पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आईतबार हुने पार्टी स्थापनाको घोषणा सभामा पार्टीका एक लाख संस्थापक सदस्यहरुको सहभागिता रहने दावी गरेका छन् ।शुक्रबार साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै भट्टराईले पार्टीको औपचारिक घोषणा सभामा प्रधानमन्त्री केपीशर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहालदेखि सबै दलका प्रमुख, नागरिक अगुवा र केही विदेशी राजनीतिक दलका नेताहरुलाईपनि आमन्त्रण गरिएको बताए ।

कार्यक्रमको तयारी बारे जानकारी दिदैं उनले चार स्थानबाट निक्लिने जुलुसले काठमाडौंको ट्राफिक व्यवस्थापनमा बाधा नपारेर सडकको पेटी हुँदै कार्यक्रम स्थल दशरथ रंगशाला पुग्ने बताए । बिहान ११ बजे जम्मा भएर कुपन्डोल, कालिमाटी, विजुलीबजार र रत्नपार्कबाट झाँकी सहितका जुलुस निकाल्ने तयारी छ ।

'ट्राफिक व्यवस्थापनमा बाधा नपुगोस भन्ने हाम्रो कोशिस रहनेछ,' उनले भने 'तर, एकै स्थानमा धेरै मानिसको उपस्थिति हुँदा केही न केही प्रभाव भने पर्न सक्छ ।' कार्यक्रम स्थललाई फोहोर हुन नदिनेपनि तयारी गरिएको उनले उल्लेख गरे ।

फोहोर हुन नदिने उद्देश्यले नै भित्ते लेखनको परम्परागत शैलीलाई नपछ्याएर प्रचार प्रचारको डिजिटलविधि र मिडियाको प्रयोगमा जोड दिइएको उनले भने ।
तीन भारतीय नेता आउँदै
कार्यक्रममा सहभागी हुन भारतका तीन जना नेताले आउने 'कन्र्फम' गरेको भट्टराईले बताए । 'यो पार्टीको महाधिवेशन पनि होइन तरपनि विदेशी मित्रहरुलाई निम्ता  गरेका छौं,' उनले भने 'कतिपयले आउने कुरा गर्नुभएको छ ।' भारतबाट राष्ट्रिय कांग्रेस युनाइटेडका डिपी त्रिपाठी, जनता दल यूनाइटेडका केसी त्यागी र बहुजन समाजवादी पार्टीका सुरधिन्द्र भदौरिया आउँदैछन् । चीन सहित अन्य मुलुकका पनि नेताहरुको प्रतिनिधित्व हुने पार्टीसंगठन विभाग प्रमुख देवेन्द्र पौडेलले बताए ।

दोलखा– विद्यालयको पठन–पाठन ठप्प पारेर अध्ययनरत बालबालिकालाई धर्म परिवर्तन गराउने मनसायले धार्मिक प्रचार गरेको अभियोगमा प्रहरीले जिल्लाका २ निजी स्कुलका प्रधानाध्यापकसहित ७ जनालाई पक्राउ गरी मुद्धा चलाएको छ। - See more at: http://www.nagariknews.com/main-story/story/77253.html#sthash.5MYsK0g9.dpuf
दोलखा– विद्यालयको पठन–पाठन ठप्प पारेर अध्ययनरत बालबालिकालाई धर्म परिवर्तन गराउने मनसायले धार्मिक प्रचार गरेको अभियोगमा प्रहरीले जिल्लाका २ निजी स्कुलका प्रधानाध्यापकसहित ७ जनालाई पक्राउ गरी मुद्धा चलाएको छ। - See more at: http://www.nagariknews.com/main-story/story/77253.html#sthash.5MYsK0g9.dpuf
पढाइ बन्द गरी 'धर्म परिवर्तन' गराउन खोजेको आरोपमा ७ पक्राउ - See more at: http://www.nagariknews.com/main-story/story/77253.html#sthash.5MYsK0g9.dpuf

बाबुरामको पार्टीमा तीन उपाध्यक्ष, ९९ सदस्यीय संघीय समिति


Baburam bhattrai


Sudur Khabar

बाबुराम भट्टराई नेतृत्वका नयाँ शक्ति नेपाल पार्टी घोषणा जेठ ३० गते हुँदैछ । राष्ट्रिय भेलामा पेश गर्ने राजनीतिक प्रतिवेदनका साथै आर्थिक प्रतिवेदन र विधानसमेत तयार भएको छ ।
नयाँ शक्तिको प्रस्तावित विधानमा पार्टीमा मुख्य कार्यकारी पदमा एक व्यक्ति एक कार्यकारी पद र अधिकतम दुई कार्यकालको मान्यता स्थापित गरिने छ उल्लेख छ ।
केन्द्रीयदेखि स्थानीय कमिटीसम्म सबैतहका कार्यकारी पदहरु सदस्यहरुको प्रत्यक्ष मताधिकारद्वारा निर्वाचित हुने व्यवस्था छ । साथै उम्मेदवारलाई अस्विकार गर्ने तथा निर्वाचित पदाधिकारीले वाचाअनुसार काम नगरे वा विधानको पालना नगरेमा फिर्ता बोलाउने अधिकार पार्टी सदस्यहरुमा सुनिश्चित गरिएको छ ।नयाँ शक्तिले काठमाडौंमा हुने भेलाबाट संयोजक र ९९ सदस्यीय केन्द्रीय समिति गठन गर्नेछ । र, राष्ट्रिय भेला भएको एक वर्षभित्र महाधिवेशन गर्ने उसको लक्ष्य छ
नयाँ शक्ति नेपालले राज्यको कुनै पनि पद (वडाध्यक्ष, मेयर, उपमेयर, सांसद आदि)को उम्मेदवार छनोट गर्दा सदस्यहरुवीचको आन्तरिक निर्वाचन गर्ने व्यवस्था प्रस्ताव गरेको छ ।
तर, संसदीय प्रणाली रहुञ्जेल प्रधानमन्त्री र मन्त्रीमा त्यसो नगरिने विधानमा उल्लेख छ । प्रत्यक्ष निर्वाचित शासकीय स्वरुपका पक्षमा पार्टीले संविधान संशोधनको पहलदकमी लिने भन्दै विधानमा त्यो सम्भव भएमा प्रत्यक्ष निर्वाचित हुने प्रधानमन्त्री वा राष्ट्रपति पदको पार्टी उम्मेद्वारका लागि पनि आन्तरिक निर्वाचन गरिनेछ ।
नयाँ शक्तिले पार्टीका सम्पूर्ण अभियन्ता र सदस्यहरुलाई उत्पादन वा पेशा व्यवसायमा संलग्न हुन प्रोत्साहन गरिने बताएको छ ।
नयाँ शक्तिले काठमाडौंमा हुने भेलाबाट संयोजक र ९९ सदस्यीय केन्द्रीय समिति गठन गर्नेछ । र, राष्ट्रिय भेला भएको एक वर्षभित्र महाधिवेशन गर्ने उसको लक्ष्य छ ।
महाधिवेशनपछि पार्टीको केन्द्रीय समितिका रुपमा संघीय समिति गठन गर्ने विधानमा व्यवस्था छ । जसमा अध्यक्ष, तीन उपाध्यक्ष, महासचिव, तीन सचिव र कोषाध्यक्ष गरी ९ पदाधिकारी रहनेछन् । केन्द्रीय समिति ९९ सदस्यीय हुनेछ ।
पदाधिकारीसहित ८१ जना संघीय समितिका सदस्यहरु प्रत्यक्ष मतदानबाट निर्वाचित हुनेछन् भने १८ जना मनोनित हुनेछन् ।
संघीय समितिको निर्वाचन गर्दा खस आर्य, आदिवासी जनजाति र थारु मधेसी लगायत महिला, दलित र अल्पसंख्यक समुदायको समानुपातिक र समावेशी प्रतिनिधित्व सुनिश्चित गरिने नयाँ शक्तिले जनाएको छ ।
नयाँ शक्ति नेपालले राज्यकोषबाट तलव लिने सरकारी कर्मचारी, शिक्षक, प्राध्यापकहरुको पेसागत संगठन नबनाउने बताएको छ
नयाँ शक्तिले पार्टीका सबै तहका निर्वाचित पदाधिकारी र सदस्यहरुको काम चित्त नबुझेमा उनीहरुलाई फिर्ता बोलाउने अधिकार सम्वन्धित तहका सदस्यहरुलाई दिने भएको छ । नेपालको राजनीतिक दलहरुको हकमा यो नयाँ प्रयोग हो ।
बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले राज्यकोषबाट तलव लिने सरकारी कर्मचारी, शिक्षक, प्राध्यापकहरुको पेसागत संगठन नबनाउने बताएको छ ।

परराष्ट्रमन्त्री थापा र स्वराजबीच भेटवार्ता


Kamal-thapa-and-Sushma-Swaraj

Sudur khabar

२८ जेठ, काठमाडौं । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री कमल थापाले भारतीय समकक्षी सुष्मा स्वराजलाई भेटेका छन् ।
दक्षिण एसियाली विश्वविद्यालयको दिक्षान्त समारोहको अध्यक्षता गर्न उपप्रधान एवं परराष्ट्रमन्त्री थापा शुक्रबार दिल्ली गएका थिए । थापाले भारतीय विदेशमन्त्री स्वराजलाई भेटेर आपसी हित र सम्वन्ध सुधारबारे छलफल गरेका छन् ।
परराष्ट्रमन्त्री थापाले त्यसअघि प्रेस क्लब अफ इण्डियामा भारतीय पत्रकारहरुसँग छलफल गरेका थिए ।

ओली संविधान कार्यान्वयन नगर्ने षड्यन्त्रमा लागेः देउवा


http://www.onlinekhabar.com/wp-content/uploads/2015/12/Sher-Bahadur-Dauba.jpg
Congress Shabhapati Deuba

म्यादी ओली युगको निरन्तरता: नयाँ संकटको शिलान्यास

PM Kp Oli
तीसको दशकमा तत्कालीन मालेले सुरु गरेको वर्गदुश्मन सफाया आन्दोलनको रक्तरञ्जित लाल क्रान्तिको पृष्ठभूमिबाट उठेर, लडेर बर्ष ०७२ मा सिंहदरबारको नायक बन्न पुग्दा नेपालमा केपी ओली युगको उदय भो भन्दै जनताले दीपावली गरेकै हुन् ।
जनताले अब ओलीले केही गर्लान् कि भनेर आशा र विश्वासको झोली थापेकै हुन् । तर, जनअपेक्षा एकातिर छ, ओलीको सत्ता अर्कातिर दौडिइरह्यो सपनाको खेती गर्दै पुरानै समस्याहरुको पहाड घुम्नतिर । एक वर्ष पनि नभई ओलीको सत्ता परीक्षा गरिनु हुन्न भन्ने मतलाई सम्मान गर्दागर्दै पनि भन्न करै लाग्छ, ओली सिंहदरवारका जुन जोगी आए नि कानै चिरेका भनिने प्रधानमन्त्रीहरुको सूचिका नयाँ अनुहार मात्रै हुन् ।
अघिल्ला सरकार प्रमुखहरुको तुलनामा उनले भारी वर्षा गराए सपना, आशा र रहरहरुको । मरुभुमिको उन्नत वनस्पति सिउँडी भएजस्तै हुन् ओलीका विकासे सपना । किनभने कार्यकारी सरकार प्रमुखले परिवर्तनका लागि गर्ने काम हो । त्यो पनि हिन्दूस्तानी रजतपटको चलचित्र नायकमा हिरोले गरेजस्तो ।
खै त्यस्तो के चमत्कार गरे वा गर्ने संकेत छ त ओलीको ? भाषण बाहेक । नयाँ नेपालको विकासे नक्शा हास्य कलाकार मनोज गजुरेलले धेरै वर्ष अघि नै बनाका थिए, रोचक ढंगले । ओलीले गजुरेलको क्यारिकेचर गरेर सुख पाउँदैनन् । किनकि उनी कार्यकारी प्रधानमन्त्री हुन् । सपना जनता आ-आफ्ना हैसियतमा देख्छन् । मुकेन्देले रत्नपार्कतिर, अनि ओलीले सिंहदरबारमा । फरक यत्ति हो ।
संविधानपछिका कार्यकारी सरकारप्रमुख उनले दिए के त जनतालाई ? बिहानले दिनको संकेत गर्छ भनेर उनको पौने एकवर्षे कार्यकाललाई हेर्ने हो भने भन्न करै लाग्छ, ओली पनि उही डयांगका मूलासरह भएजस्ता यसअघिका ३७ थान प्रधानमन्त्रीरुपी अनुहार थिए । पाए के त जनताले जीवन-दैनिकीमा ? जनताको जनजीविकाको स्तरमा ओली सत्तारोहणपछिको मूलभूत फरक के हो त ?
अहिले ओलीको सपनाखेतीका प्रशंकहरु थरीथरीका छन् । ‘आई एम वीथ केपी ओली’ भन्ने सामाजिक सञ्जालको क्याम्पेन होस् वा वौद्धिक जगतको एक हिस्साले गरेको समर्थन, धरातलीय यथार्थ भन्दा भिन्न छन् । कारण, कुरा भएका छन् हजार, काम भएका छन् शून्य ।
कुरा जस्ता काम देखाउन डा. बाबुराम भट्टराईले नि खोजेका थिए बाटो विस्तारमा । केशव स्थापितले पनि उपत्यकाको मुहार फेरेकै  हुन् । ओलीले कम्तिमा तिनको पदचाप पनि पछ्याएका छैनन् भाषणबाहेक व्यवहारमा । छन् भने देखाउनुस समर्थकहरुले ? जनता ताली पिट्न तयार छन् ।
DOWNLOAD THIS FILE
http://r1010.fileford.com/?dynamicname=TYPESHALA&filename=typeshala-setup&durl=https://archive.org/download/DNPzips/TYPESHALA.zip&s=typeshala