Thursday, January 12, 2017

फेसबुकमा लिग भएपछी छ्क्का पञ्जा युट्युब बाट रिलिज

फिल्म हेर्न तलको फिल्मको नाम मा Click गर्नुहोस ।।

छक्का पञ्जा Full Movie


फेसबुकमा लिग भएपछी चलचित्र छ्क्का पञ्जा युट्युब मा रिलिज गरिएको छ  ।
सिनेमा जगतमा रेकर्ड नै रेकर्ड राख्न सफल भएको फिल्म छ्क्का पञ्जा आखिर मा ३/४ महिना पछि बल्ल युट्युब मा राखिएको छ ।

Friday, December 23, 2016

यौनबारेका १० तथ्य: जसले तपाईंको दिमाग तरंगित पार्दछन्

Sudur Khabar
Onlinekhabarयौनको विषय विश्वमा सबैभन्दा धेरै चासो दिइने विषय हो । यद्यपि यसबारेमा सार्वजनिक चर्चा कम किन नहोस् । सेक्सका विषयमा दुनियाँमा विभिन्न खाले अध्ययन/अनुसन्धान भएका छन्, जसबाट अनेकथरी रोचक तथ्य बाहिर आएका छन् । जसमध्ये १० रोचक तथ्य यस्ता छन्:
१. ५६ प्रतिशत मानिसले कार्यस्थलमै सहवास गर्ने गरेका छन् ।
२. एक चर्चित पुरुष म्यागेजिनले गरेको अध्ययन अनुसार सहवासका बेला पुरुषले भन्दा महिलाले धेरै अश्लील कुरा गर्दछन् ।
३. न्ााक बन्द भएर हैरान हुनुभएको छ ? सेक्स गर्नुस् । सेक्स प्राकृतिक एन्टीहिस्स्टामाइन हो, जसले बन्द नाक खुलाइदिन्छ ।
४. औसतमा पुरुषहरु अढाइ मिनेटमा चरमोत्कर्षमा पुग्छन् भने महिलाका लागि १२ मिनेट लाग्छ ।
५. केवल १७ प्रतिशत महिलाले मात्र यौन सम्पर्कमा चरम आनन्द प्राप्त गर्दछन् ।
६. सक्रिय यौनजीवन भएका पुरुषहरुको आयु बढी हुन्छ र ८० वर्षभन्दा माथि बाँच्दछन् ।
७. म्हिलाले चरम आनन्द प्राप्त गर्दा इन्डोफिर्न नामक हर्मोन उत्सर्जन हुन्छ, जसले टाउको दुखाई निको हुन्छ ।
८. दुनियाँमा हरेक दिन १ करोडपटक सेक्स गरिन्छ । यो संख्या एक दिनमा हुने टि्वटको संख्या बराबर हो ।
९. पुरुषको चरमोत्कर्ष केही सेकेण्ड मात्र रहन्छ, जबकि सुँगुरमा ३० मिनेटसम्म चरमोत्कर्ष कायम रहन्छ ।
१०. ८० वर्षभन्दा माथिका ३० प्रतिशत महिलाले आफ्नो लोग्ने वा केटा साथीसँग सक्रिय यौनसम्पर्क कायम गरेका हुन्छन् । एजेन्सी
२०७३ पुष ७ गते ११:१३ मा प्रकाशित

गुल्मीमा ८१ बर्षिया बुढो पातकि बनेपछि गाउँ निकाला

Sudur Khabar
Onlinekhabarगुल्मीको अर्बेनी गाविस ५ का ८१ वर्षीय वृद्ध लालबहादुर सुनारले सोही गाउँकी ४२ वर्षीया सावित्री न्यौपानेसँग प्रेम सम्बन्ध राखेको भन्दै स्थानीयले उनीहरुलाई कुटपिट गरी गाउँ निकाला गरेका छन्।
पुस १ गते राति लालबहादुरसँगै सावित्रालाई भेटेपछि स्थानीयले उनीहरुलाई बाँधेर कुटपिट गरी घर भत्काएर गाउँनिकाला गरेका हुन्।
अर्बेनी गाविस कार्यालयका सहायक ४५ वर्षीय झबिलाल न्यौपाने र सावित्राका भतिजा ४३ वर्षीय चिन्तामणि न्यौपानेले उनीहरु दुबैजनालाई गाउँ निकाला गरेको वृद्धका छोरा ३७ वर्षीय अनुज सुनारले बताए।
गाउँ निकालाको कागजमा दुवैजनालाई जबरजस्ती ल्याप्चे लगाई गाउँ निकाला गरियो,’ उनले भने।
कुटाई खाएको पाँचौं दिनसम्म पनि वृद्ध हिँड्न सकेका थिएनन्। उनको खुट्टामा लाठी हानेको नील डाम छन्। उनीहरू दुबैलाई बाँधेर कुटपिट गरी गाउँ डुलाएर गाविसमा लगि गाउँ निकालको कागत बनाएको घटनामा संलग्न चिन्तामणिले स्वीकारे।

आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

कलेजो प्रत्यारोपण नेपालमै, १५ लाख रुपैयाँ भए पुग्ने

Sudur Khabar
Ekantipurपुस ८, २०७३- बोलाछें, १२ भक्तपुरका ३६ वर्षीय बलराम नागाको ५ तले घर २०७२ वैशाख १२ को भूकम्पले भत्कायो । घरमा उनका ३ दाजुभाइ संयुक्त बस्दै आएका थिए । भत्किएको घरमा पुरिएर बजार गएकी दिदीको मृत्यु भयो । त्यसपछि विरक्तिएका बलरामले नियमित मदिरा पिउन थाले ।
त्यही मदिराकै कारण कलेजो खराब भएको उनी बताउँछन् । गत जेठमा एक्कासि खाना खान मन नलाग्ने, पेट सुन्निने समस्या आएपछि उनले स्वास्थ्य जाँच गराए । स्वास्थ्य जाँचका क्रममा बलरामको कलेजो ८० प्रतिशत बिग्रिसकेको चिकित्सकले बताएपछि उनी आत्तिए । ‘कलेजोको २० प्रतिशत भागले मात्र काम गरेको छ, तत्काल प्रत्यारोपण नगरे ज्यान जान सक्ने चिकित्सकको भनाइ थियो,’ उनले भने, ‘तर, नेपालमा उपचारै छैन भन्नुभयो । विदेशमा ८० लाखदेखि १ करोड रुपैयाँ खर्च लाग्ने भनेपछि अर्को विपत्ति आइलागेजस्तै भयो । घरमा रुवाबासी भयो ।’
उनी परिवार र आफन्तको सल्लाहमै एकपटक भारतको आईएलबीएस अस्पताल पुगे । अस्पताल पुगेकै दिन भर्ना लियो । एक साताको बसाइपछि अस्पतालले डिस्चार्ज गर्‍यो । आईएलबीएसका चिकित्सकले कलेजो प्रत्यारोपणका लागि डोनर खोजेर ल्याउन सल्लाहसहित घर पठायो ।
कलेजो प्रत्यारोपणका लागि दान दिन ३ जना दिदी तयार भए । तर, प्रत्यारोपणका लागि लाग्ने खर्चले भने आत्तिएको उनी बताउँछन् । ‘स्वास्थ्य परीक्षणमा पनि तीनै दिदीको कलेजो मेल खायो,’ उनले भने, ‘बाँकी रहयो, प्रत्यारोपण खर्चकै । १ रोपनी १४ आना जग्गा बेच्ने तरखरमा पुगे पनि जग्गा बिक्री भएन, केही नलागेर सूर्यविनायककै एक सहकारीबाट ५० लाख ऋण लिएर अस्पताल गएँ,’ उनले भने ।
भारतमा कलेजो प्रत्यारोण गर्ने अभिलाषा बोकेर त पुगियो, तर, भारतीय दूतावासको सिफारिसपत्रबिना प्रत्यारोपण नहुने भयो । ‘नेपालमा उपचार सम्भव नभएर त्यहाँ उपचार गरे फरक पर्दैन भन्ने पत्र चाहिने रहेछ,’ उनले भने । ऋण लिएर कलेजो प्रत्यारोपणको तयारी गरी सिफारिसपत्र मिलाउन नेपाल आएकै बेला गत भदौ १६ गते बुबाको मुख हेर्ने दिन हृदयाघात भई बाबुको मृत्यु भएको उनी बताउँछन् ।
बाबुको मृत्युपछि थप बलराम कलेजो प्रत्यारोपण नगर्ने निर्णयमा पुगे । तर, उनका साथी अर्थात्, मानव अंग प्रत्यारोपण केन्द्रमा कार्यरत डा. गौरव पन्तले भने प्रत्यारोपणमै जोड दिए । डा. पन्तकै सहयोगमा पेट र कलेजो विशेषज्ञ डा. दीपेश गुरुवाचार्यसँग भेट भयो ।
भारतको आईएलबीएस अस्पतालमा परीक्षण गरेको सम्पूर्ण रिपोर्ट मानव अंग प्रत्यारोपण केन्द्रमा देखाएपछि नेपालमा कलेजो प्रत्यारोपण सुरु भएको छैन तर, प्रत्यारोपण गरी नयाँ जीवन जीउने कुरामा पछि नहट्न केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले सल्लाह दिए ।
यत्तिनैखेर स्वास्थ्य मन्त्रालयले ल्याएको मानव अंग प्रत्यारोपण नियमावली २०७३ ले कलेजो प्रत्यारोपणसँगै मस्तिष्क मृत्यु भएकाहरूको ८ अंग लिई प्रत्यारोपण गर्न सकिने व्यवस्था गरेपछि केन्द्रले बलरामको कलेजो प्रत्यारोपण गर्ने निष्कर्षमा पुगे हो । गत मंसिर २२ गते मुलुकमै पहिलोपटक दक्षिण कोरियाको सियोलस्थित सामसुङ मेडिकल सेन्टरबाट आएका विश्व प्रसिद्ध विशेषज्ञहरूको टोलीको सहभागितामा बलरामको कलेजो प्रत्यारोपण भयो । ‘मैले जीवनबाट हार मानिसकेको थिएँ,’ उनले भने, ‘कलेजो प्रत्यारोपण हुन्छ र बाँच्छु भन्ने सोचेको पनि थिइनँ । भाग्यले पुनर्जन्म पाएँ ।’
प्रत्यारोपणपछि आईसीयू कक्षबाट आइतबार उनलाई क्याबिनमा सारिएको छ । अबको २/३ दिनभित्र डिस्चार्ज हुने केन्द्रले जनाएको छ । बलरामलाई उनकै ४१ वर्षीया कान्छी दिदी सानुमाया लागेजूले कलेजो दान गरेकी हुन् । बाह्र दाजुभाइ/दिदीबहिनीमध्येको कान्छो भाइ बचाउन कलेजो दान गरेको उनी बताउँछिन् । भाइलाई कलेजो दान गरेकी सानुमायाको भने गत साता नै डिस्चार्ज भएको केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताए । मुलुकमै पहिलोपटक कलेजो प्रत्यारोपण भएको हुँदा बलरामको सम्पूर्ण खर्च अस्पतालले व्यहोरेको छ । प्रत्यारोपणमा करिब १५ लाख खर्च भएको डा. श्रेष्ठले बताए ।
बलरामको ५० प्रतिशत खराब कलेजो फालेर सानुमायाको ५० प्रतिशत भाग प्रत्यारोपण गरेको श्रेष्ठ बताउँछन् । ‘प्रत्यारोपण गरेको कलेजो ३ वर्षभित्र पूर्ण भइसक्छ,’ कार्यकारी निर्देशक डा. श्रेष्ठले भने, ‘कुनै पनि अंग प्रत्यारोपण भएका व्यक्तिले साधारण जीवन जीउन सक्छन् ।’
कलेजो प्रत्यारोपणपछिको जीवन कलेजो बचाउने अभियानमा खर्चिने बलरामले अठोट लिएका छन् । ‘रक्सीले स्वास्थ्यमा पार्ने नकारात्मक असरबारे प्रचारप्रसारमा लाग्छु,’ उनले भने 




स्थानीय तहको संख्या टुंगो लाग्यो, अब पोखरा पनि महानगर

Sudur Khabar,
Onlinekhabar८ पुस, काठमाडौं । स्थानीय तहको संख्या र सिमाना निर्धारणसम्वन्धी आयोगले झापा जिल्ला बाहेक कुल ७ सय २५ वटा स्थानीय तह गठन गर्ने गरी प्रतिवेदन तयार गरेको छ ।
झापाबाहेक ७ सय २५ स्थानीय तह गठन निश्चित भइसकेको छ । अब झापालाई दिएको अधिकतम संख्यामा सहमति भएमा देशभर कुल ७ सय ४१ स्थानीय तह गठन हुने लगभग निश्चित भएको छ ।
आयोगले सुरुमा ५६५ स्थानीय तह प्रस्ताव गरेको थियो । तर, कांग्रेस लगायतका दलहरुले संख्या बढाउनुपर्ने माग गरेपछि सरकारले स्थानीय तह पुनर्संरचनाको मापदण्ड परिमार्जन गर्‍यो ।
र, त्यस अनुसार आयोगले ७४२ स्थानीय तहको संख्या प्रस्ताव गर्दै पुनर्संरचनाको काम थालेको थियो ।
झापाको विवाद आइतबार टुंगिने
झापा जिल्लाको स्थानीय तह संख्यामा भने सहमति नहुँदा प्रतिवेदनमा समेट्न बाँकी छ । आयोगले झापा जिल्लाका लागि १० देखि १६ वटासम्म स्थानीय तह गठन गर्न सक्ने सिलिङ्ग दिए पनि झापाबाट १८ वटा स्थानीय तह माग भएपछि निर्णय हुन सकेको छैन ।
झापाको विवाद आइतबारसम्म टुंगो लाग्ने आयोग स्रोतको दाबी छ । आयोगका अध्यक्ष बालानन्द पौडेलले आयोगका सदस्यहरुलाई प्रतिवेदनबारे कुनै प्रक्रिया नदिन निर्देशन दिएका कारण आयोगका एक सदस्यले आफ्ना उल्लेख नगर्ने सर्तमा यस्तो जानकारी दिएका हुन् ।
यस्तै सुरुदेखि नै बढी विवादित दुई नम्बर प्रदेशभित्र पनि स्थानीय तहको संख्या र सिमाना निर्धारण भइसकेको छ । आयोगले सदस्य नीरज शाहले सरकारले समय दिने वित्तिकै प्रतिवेदन बुझाउन तयार भएको प्रतिक्रिया दिएका छन् ।
देशभर दुई महानगरपालिका
आयोगको सिफारिस अनुसार अब देशभर दुई वटामात्र महानगरपालिका हुने भएको छ । पोखरा उप-महानगरपालिकामा लेखनाथ नगरपालिकालाई मिसाएर नयाँ महानगरपालिका घोषणा गर्न प्रस्ताव गरेको छ । यस्तै काठमाडौ महानगरपालिकालाई यथावत राखिएको छ ।
यस्तै मोरङ्ग जिल्लाको विराटनगर उप-महानगरपालिकालाई महानगरपालिकामा विस्तार गर्ने प्रस्ताव आयोगले अस्वीकार गरिदिएको छ । त्यस्तै हेटौंडा पनि महानगरपालिका नबन्ने भएको छ ।
काठमाडौमा ९, ललितपुरमा ६ र भक्तपुरमा ४ स्थानीय तह
आयोगले अन्तिम रुप दिइसकेको प्रतिवेदनले काठमाडौ जिल्लामा एक महानगरपालिका र ८ वटा नगरपालिकासहित ९ वटा स्थानीय तह गठनको सिफारिस गरेको छ ।
यस्तै ललितपुरमा एक उपमहानगरपालिका सहित ६ स्थानीय तह गठनको सिफारिस छ । भक्तपुरमा पनि एक उपमहानगरपालिका र ३ नगरपालिका गठन गर्ने आयोगको सिफारिस छ ।

लिबियाली विमान अपहरणः सबै यात्रु रिहा, अपहरणकारीले आत्मसमर्पण गरे

Sudur Khabar,
Onlinekhabar८ पुस, काठमाडौं । अपहरणमा परेको लिबियन एक विमानका सबै सबै यात्रु शकुशल रिहा भएका छन् । दुई अपहरणकारीले भने माल्टा प्रहरीसामू आत्मसमर्पण गरेका छन् ।
चालक दलका सदस्यसहित ११८ जना सवार अफ्रिकिया एयरलाइन्सको विमान अपहरणमा परेको थियो । एयर बस ए ३२० ले लिबिया हवाई क्षेत्रमा रहेको बेला आफ्नो रुट परिर्वतन गरेको थियो । र, अपहरणको आशंका गरिएको विमान माल्टा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरियो ।
तर, अवतरण लगतै सुरक्षाफौजले विमानलाई घेरा हाले । माल्टा सरकारले अपहरणकारीसँग वार्ता थाल्यो । त्यसक्रममा अपहरणकारीले यात्रुहरुलाई क्रमशः रिहा गरे ।
सुरुमा महिला र बालबालिकासहित २५ जना रिहा भए । दोस्रो चरणमा ४० जनालाई छाडिएको थियो । र, सबै यात्रुसहित चालक दलका केही सदस्य रिहा भए ।
अपहरणकारीले लिबियाका पूर्व शासक गद्धाफीको जस्तो देखिने हरियो झण्डा देखाएका थिए । तर, उनीहरुले माल्टा सरकारसँग के माग राखे र के सहमतिमा यात्रुहरुलाई छाडियो खुलेन ।
तर, केही चालक दलका सदस्य र हातमा ग्रिनेड बोकेका अपहरणकारी निकै बेर विमानमै रहे । तर, अन्ततः चालक दलका सदस्यसँगै अपहरणकारी विमानबाट उत्रिए ।
अपहरणकारीले आत्मसमर्पण गरेको र उनीहरुलाई हिरासतमा लिइएको माल्टाका प्रधानमन्त्री जोसेफ मस्कटलले बताएका छन् । अब उनीहरुलाई राजधानी लगिँदैछ ।

Tuesday, September 6, 2016

When will hseb managemet result be published 2073

Hseb management result has been published.
Check your result with marksheet .Here.
or 
go to 
official page of hseb or Nepal Telecom
hseb.ntc.net.np
hseb.edu.np

Thankyou.