Friday, June 10, 2016

ओली संविधान कार्यान्वयन नगर्ने षड्यन्त्रमा लागेः देउवा


http://www.onlinekhabar.com/wp-content/uploads/2015/12/Sher-Bahadur-Dauba.jpg
Congress Shabhapati Deuba
Sudur Khabar२८ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि संविधान कार्यान्वयन नगर्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् ।संविधान कार्यान्वयन नगर्नकै लागि सरकारले मधेसवादी दलको आन्दोलनलाई बेवास्ता गरेको उनको आरोप छ । काँग्रेस सभापति देउवाले नेपाल नागरिक समाजको शुक्रबार काठमाडौमा सुरु भएको तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटनका क्रममा देउवाले प्रधानमन्त्रीको षड्यन्त्रलाई आफ्नो पार्टीले सफल हुन नदिने बताए ।संविधान कार्यान्वयनका लागि २०७४ सालको माघको पहिलो सातासम्म संघीय संसद्को निर्वाचन भइसक्नुपर्ने भएपनि सरकारका कामकारवाही त्यसतर्फ उन्मुख नरहेको उनले बताए । गाउँपालिका, प्रदेश र संघीय संसद्को निर्वाचनका लागि धेरै काम गर्न बाँकी रहेपनि प्रधानमन्त्री ओलीले फाल्तु भाषण गरेर हिडेको देउवाको आरोप छ ।काँग्रेस सभापति देउवाले सरकारले घोषणा गरेको मंसिर महिनामा स्थानीय निकायको निर्वाचन नहुने पनि दाबी गरेका छन् । स्थानीय निकायको पुनर्संरचनाका लागि गठित आयोगलाई प्रतिवेदन बुझाउन फागुन महिनासम्मको समय दिइएको अवस्थामा मंसिर महिनामा निर्वाचन गर्ने घोषणा गरिनु सस्तो प्रचारवाजी मात्र भएको उनले बताए ।कांग्रेस सभापति देउवाले संविधानको कार्यान्वयन र जनताका जीविकाका विषयलाई बेवास्ता गरिरहेको सरकारमा कांग्रेस सहभागी नहुने स्पष्ट पार्नुभयो ।

No comments:

Post a Comment