२९ जेठ, काठमाडौं । प्राकृतिक सौन्दर्यताको खानी हो, खप्तड राष्ट्रिय निकुञ्ज । खप्तडलाई सौन्दर्यको पर्याय नै मानिन्छ । त्यसैले खप्तडलाई धर्तीको स्वर्गको उपमा दिइएको छ ।
बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको
संगमस्थलका रुपमा रहेको खप्तडमा २२ वटा घाँसे मैदान अर्थात पाटन रहेका छन् ।
सुन्दर घाँसे मैदानमा पुग्नेवित्तिकै यात्रीको थकान मेटिन्छ । यसको वरिपरि
५३ वटा थुम्काहरु छन्, जसलाई स्थानीय भाषामा झोती भनिन्छ ।
गंगा दशहरा मेला
खप्तडको सबैभन्दा आकर्षक पक्ष हो, गंगा
दशहरा मेला । प्रत्येक वर्षको जेठ महिनामा यहाँ भव्य मेला लाग्ने गर्छ ।
सुदूरपश्चिमका ९ वटै जिल्लासहित देशभरबाट यहाँ भक्तजनको भिड लाग्ने गर्छ ।
यसपटक पनि गंगा दशहरा मेला आयोजना हुँदैछ ।
ट्रेकिङ व्यवसायीले विभिन्न प्याकेजहरु बनाएर खप्तडमा पर्यटक लगिरहेका छन्
। त्यो दिन त्रिवेणीमा नुहाउँदा सम्पूर्ण पापहरु पखालिने, मनको इच्छा पूरा
हुने, पितृलाई तर्पण दिँदा पितृले मुक्ति पाउने र स्वर्ग जाने विश्वास छ ।
खप्तडमा ४० जनासम्मका लागि आवास र खाना खाने व्यवस्था छ ।
कसरी पुग्ने ?