Sudur khabar
२९ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री
डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति नेपालले पार्टी घोषणा सभामा १
करोड ५ लाख रुपैयाँ खर्च गर्ने भएको छ ।
नयाँ शक्तिले आइतबार काठमाडौको दशरथ
रंगशालामा पार्टी घोषणाको कार्यक्रम राखेको छ । र, पार्टी घोषणा
कार्यक्रममा एक लाखभन्दा बढी सदस्य सहभागी हुने नयाँ शक्ति नेपालको दाबी छ ।
पार्टी घोषणापछि जेठ ३१ र ३२ गते प्रज्ञा प्रतिष्ठानमा १ हजार ५ सय
प्रतिनिधिको उपस्थितिमा छलफल सत्र हुनेछ ।
पार्टी घोषणाका क्रममा नयाँ शक्ति नेपालले
प्रचार प्रसारमा ३७ लाख, मञ्च व्यवस्थापनमा २० लाख खर्च गरेको छ ।
प्रतिनिधिहरुको बसोबाससहितको व्यवस्थापनका लागि १४ लाख तथा छलफल सत्र
संचालनका लागि १२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रवक्ता खिमलाल
देवकोटाले जानकारी दिए ।
पार्टी घोषणाका क्रममा हुने खर्चमध्ये
सदस्यता शुल्क, प्रतिनिधिहरुको प्रवेश शुल्क, अन्तरिम केन्द्रीय परिषद्का
सदस्यले गर्ने स्वेच्छिक सहयोग लगायतबाट जुटाइने नयाँ शक्तिले जनाएको छ ।
प्रवक्ता देवकोटाका अनुसार, पार्टी घोषणा
नहुँदै नयाँ शक्तिको खातामा ७ लाख २७ हजार रुपैयाँ छ । सदस्यता शुल्कबाट १
करोड २० लाख २७ हजार, १ हजार ५ सय प्रतिनिधिबाट ७ लाख ५० हजार, सचिवालय
सदस्यबाट ६ लाख ६० हजार अन्तरिम केन्द्रीय परिषद्का सदस्यबाट १० लाख र
समर्थकहरुबाट २५ लाख रुपैयाँ उठ्ने अनुमान छ ।
प्रवक्ता खिमलाल देवकोटाका अनुसार देश तथा विदेशबाट १ लाख १४ हजार ५४६ जनाले सदस्यता फारम भरेका छन् । अपेक्षा अनुसार शुल्क उठे नयाँ शक्तिसँग ७१ लाख रुपैयाँ बचत हुनेछ ।
नयाँ
शक्तिले पार्टी घोषणाको आइतबारको कार्यक्रममा सबै राजनीतिक दल, सबै सांसद्,
नागरिक समाज र विभिन्न्ा पेशागत संगठनका प्रतिनिधि तथा २५ मुलुकका
राजदूतहरुलाई अतिथिका रुपमा बोलाएको छ ।
पार्टी घोषणाको अघिल्लो दिन शनिबार परशुराम तामाङ अध्यक्ष रहेको संघीय जनमुक्ति पार्टीले नयाँ शक्तिसँग एकीकरण गरेको छ ।
No comments:
Post a Comment